0 COMMENTS

 mero hajurकाठमाण्डाै,४ मंसिर २०७३/काठमाण्डौ फिल्म ‘ए मेरो हजुर २’को रिलिज डेट फाइनल भएको छ । अभिनेत्री झरना थापाको डेब्यु निर्देशन रहेको फिल्म यहि बर्षको चैत १८ मा प्रदर्शन हुनेछ । जुन मितीमा यसअघि देबकुमार श्रेष्ठले निर्देशन तथा भानुप्रतापले निर्माण गरेको फिल्म ‘लाल्टिन’ले प्रदर्शन तोकिसकेको छ । mero-hajur प्रेम कथामा निर्माण गरिएको यो फिल्म फिल्मबाट आफु पूर्ण आशावादी रहेको र अन्य जुनसुकै फिल्म संग जुध्न आफु तयार रहेको निर्देशक थापाले बताइन् । फिल्म ‘ए मेरो हजुर २’मा साम्राज्ञी शाह, सलिनमान बानिया, सलोन बस्नेत, बुद्धि तामाङ, अनुभव रेग्मी र अनुराग कुवर लगाएतको अभिनय रहेको छ । एसके थापा प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा कविराज गहतराजको नित्य निर्देशन र बसन्त सापकोटाको संगीत सुन्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।