0 COMMENTS

lalbabuकाठमाण्डाै१, मंसिर /स्तन क्यान्सर पिडित नेपाली काँग्रेस नेत्री तथा पुर्वउपप्रधानमन्त्री सुजाता कोइरालाको उपचारको लागि सरकारले ५० लाख दिने निर्णयको सर्वत्र विरोध भैरहेका वेला यति विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीले एक रुपैँया संकलन गर्दै रचनात्मक दवाव अभियान सुरु गरेका छन् ।

गायक तिलक बस्नेतको गीतको सुटिङमा गएका बेला सो अभियानमा सामेल हुँदै पूर्व सामान्य प्रशासन मन्त्री लालवाबु पण्डिलले पनि कोइरालाको उपचारका लागि एक रुपैँया सहयोग गरेका छन् ।सुशिल कोइराला सरकारमा सामान्य प्रशासन मन्त्री हुँदा डिभि पिआरधारी सरकारी कर्मचारी विरुद्ध खरो रुपमा उत्रिएका पण्डितले भिआइपिका नाममा राज्यको ढुकुटी लुट्ने काम अन्त्य हुँनुपर्ने बताए । साथै उनले देशभरबाट यसै गरि दवाव सृजना गर्ने हो भने उपचारका नाममा कसैले पनि देशको ढुकुटी सिध्याउने आँट गर्न नसक्ने बताए ।यसरी विद्यार्थीहरुले संकलन गरेको रकम जिल्ला प्रशासन कार्यलय मार्फत विहिबार सुजाता कोइरालाई बुझाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।