0 COMMENTS

nepalकाठमाण्डाै१,मंसीर / सरकारले एएफसी सोलिडारिटी कप विजेयता नेपाली फुटल टिमका सबै सदस्यलाई तीन–तीन लाख दिने घोषणा गरेको छ ।मंगलबार भएको फाइनलमा नेपालले मकाउलाई १-० ले हराउँदै ऐतिहासिक उपाधि जितेको टोलीका सबै सदस्यलाई प्रोत्साहन स्वरुप तीन–तीन लाख दिने घोषणा गरेको युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले जानकारी दिए ।

‘प्रधानमन्त्रीले युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीलाई टेलिफोन गरेर खेलाडीहरुलाई नगद पुरस्कारको व्यवस्था गर्न भनेका हुन्,’ खेलकुद मन्त्रालय स्रोतले भन्यो। जवाफमा खेलकुद मन्त्री श्रीपाइलीले च्याम्पियन टोलीका सदस्यहरुलाई जनही ३ लाख पुरस्कार दिने व्यवस्था चाडै गरिने बताएका छन्।मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा मंगलबार साँझ भएको खेलमा फिफा बरियतामा १० स्थान तल रहको मकाउलाई १–० गोल अन्तरले हराउँदै नेपालले उपाधि उचालेको हो।

योसँगै नेपालले अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक गरेको छ। नेपालका लागि खेलको ३० औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो। भरत खबासले मिलाएको उत्कृष्ट पासमा सुजलले लोभलाग्दो हेड गर्गोदै गाेलमा परीणत गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।