0 COMMENTS
11828627_10153582971769729_7587079189250594281_n
विनय राणा

तपाईमा अहिले भएको चैतन्यता कहिलेसम्म रहने हो कहिले सोच्नु भएको छ ? अस्ति सम्म क,ख,ग.. १,२,३.. A,B,C.. पढ्दै हुनुहुन्थ्यो, सानो कुरा पनि बुझ्न कठिन थियो तर अहिले तपाईमा चैतन्यता आएको छ, ठुला ठुला कठिन बस्तु-स्थिति सजिलै बुझ्नुहुञ्छ, तर कहिले सम्म ?

मनुष्य मात्र एक प्राणी हो जसमा भएको चैतन्यताको शक्तिको कुनै पराकाष्ठा छैन, कुनै सीमा छैन | Albert Einstein जस्ता व्यक्तित्वको त मनन नै एक प्रयोगशाला थियो रे तर के तपाईले यो सोच्नु भएको छ कि तपाई/हामी सबै मनुश्यमा भएको यो बिलक्षण प्रतिभा अर्थात चैतन्यता अस्थाई छ र चाडै नै नाश हुने वाला छ?

मनुश्यमा १०/११ बर्षदेखि यस शक्ति (consciousness)को बिकाश हुन थाल्दछ र ३५/४५ बर्षको उमेरसम्म आइपुग्दा उत्कर्षमा पुग्दछ र शनै शनै यसमा ह्रास आउन थाल्दछ र अन्त्यमा जिन्दगीको अन्तिम समयमा मनुष्यको चैतन्यता एक नाबालक शिशु समान हुञ्छ| बैदिक शाश्त्रले त शिशु र बृद्ध अवश्थालाई निन्द्रा अवस्था र यौवनको अवश्थालाई जागृत अवस्था सम्म भनेको छ |

अर्थात् ८४ लाख योनि मध्ये मनुष्य योनि अत्यन्तै दुर्लभ मानिएको छ र त्यसमाथि पनि जागृत अवस्था अर्थात् तपाई हामीमा अहिले बिध्यमान चैतन्यता प्राप्तिको लागि हाम्रो कति ठुलो संघर्ष रहेछ त| लाखौ बर्ष रुख/बिरुवा को चैतन्यतमा हाम्रो समय व्यतित भयो, लाखौ बर्ष किट पतिङ्गरको चैतन्यतामा, लाखौ बर्ष पन्क्षिको चैतन्यतमा, लाखौ बर्ष जनावरको चैतन्यतामा र अहिले आएर केहि क्षणिक बर्षको लागि यो दुर्लभ बिलक्षण चेतना प्राप्त भएको छ र के को लागि ? सम्पुर्ण क्रियाको पछाडि कुनै न कुनै कारण अवश्य नै हुञ्छ, भने म मा अहिले भएको चैतन्यता (जुन चाडै नै करोडौ बर्षको लागि अप्राप्य हुने वाला छ ) के को लागि हो त ?

हो…. भगवान श्रीकृष्णले आफ्नो आफैले उद्धार गर्न तपाइलाई दया गरी यो चेतना दिएका छन् ..

म को हु ?
म कहाबाट आए ?
म कहाँ जान्छु ?
मेरो अस्तित्व पृथ्बीमा किन छ?
ईश्वर के हो र ईश्वर संग मेरो के सम्बन्ध छ ?

यी प्रश्नहरुको, जसलाई ब्रह्म जिज्ञासा भनिञ्छ, समाधान गर्न र तद अनुरुप कार्य गरी आफ्नो आफैले उद्धार गर्न भगवान् श्रीकृष्णले तपाई/हामीलाई यो चैतन्यता दिनुभएको हो |

अभागी छन् ती संसारिक भौतिकबादीहरु जो केहि समयको लागि मात्र प्राप्त यस चैतन्यताको नशामा यसरी मात्तिएका छन् कि स्वयम् आफैलाई बिर्सिएका छन् र चाडै नै यो चैतन्यतको नाश हुदै छ भन्ने सुइँको समेत पाएका छैनन | धिक्कार छ तिनीहरुलाई जसले करोडौ बर्षमा केहि बर्षको लागि मात्र प्राप्त हुने यस दुर्लभ चैतन्यताको महत्व नबुझी स्त्री/पुरुष, पुत्र/पुत्री, जड-सम्पत्तिमाथि यसको दुरुपयोग गरिरहेका छन् | अझ त्यहि ईश्वरद्वारा आफ्नै कल्याणका लागि प्राप्त क्षणिक चैतन्यताको प्रयोग गरी त्यहि ईश्वरलाई नै प्रतिप्रश्न गर्ने जड्बादी नास्तिकहरु त झन् कति कृपण होलान ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।