0 COMMENTS

rakhiकाठमाडौं २१, कार्तिक/नेपालभरि आलोचित भइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्विर अहिले एक ‘आइटम गर्ल’को शरीरमा टाँसिन पुँगे सँगै सो तस्विर भाइरल बनेको छ । यससँगै, प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो भएको कपडा लगाएकी भारतीय आइटम गर्ल तथा अभिनेत्री राखी सावन्तमाथि प्रहरीले मुद्धा दायर गरेको छ ।

बलिउड अभिनेत्री तथा आइटम गर्ल राखी सावन्तले भारतीय प्रधानमन्त्री नरेन्द मोदीको अपमान गरेको आरोपमा अदालतको आदेश सँगै प्रहरीले मुद्दा दायर गरेको छ ।घटना राजस्थान राज्यको राजसमंद जिल्लामा घटेको हो । उनले प्रधानमन्त्री नरेन्द्र मोदीका तस्विर भएको कपडा लगाएर प्रधानमन्त्रीको अपमान गरेको आरोप लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कांकरोली थानाअधिकारी लक्ष्मण रामलालले अदालतको आदेशमा आफूले अभिनेत्री सावन्त विरुद्ध मुद्दा दर्ता गरेको बताएका छन् ।rakhi-sawantrakhi

अधिबक्ता प्रजीत तिवारीले अभिनेत्री राखी सावन्तले प्रधानमन्त्री नरेन्द्र मोदीको तस्विर भएको कपडा लगाएर खिचिएको फोटो सामाजिक सञ्जलमा शेयर गरेकी थिइन् । त्यससँगै,उक्त फोटोको सनसनीपूर्ण विरोध भएपछि उनी माथि कारबाहीको माग गरिएको थियो । यससँगै अदालतले सो मुद्दामाथि छानविन गर्न प्रहरीलाई आदेश दिएको हो । प्रहरीले भारतीय दण्ड संहिताको धारा २९२, २९३, २९४, ५०१ र महिला अश्लिल निरुपण अधिनियमको धारा अनुसार राखी विरुद्ध छानविन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।