0 COMMENTS

 satelliteकाठमाडौं२०,असाेज । अन्तरिक्षमा नेपालको आफ्नै स्याटलाइट स्थापना गर्न नेपाल दुरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय कम्पनीहरूबाट प्रस्ताव माग गरेको छ ।

प्राधिकरणले बिहिबार सूचना जारी गर्दै ४५ दिन भित्र प्रस्ताव पेस गर्न इच्छुक कम्पनीहरूलाई आह्वान गरेको हो ।

प्राधिकरणले सिधै स्याटलाइट निर्माण र सञ्चालन गर्ने कम्पनीबाट प्रस्ताव (ईओआई) मागेको प्राधिकरणका प्रमुख दिगम्बर झाले बताए । उनले भने– ‘सम्भाव्यता अध्ययन पनि तिनै कम्पनीले गरून भन्ने हाम्रो सोच हो ।’
प्राधिकरणले स्टालाइट स्थापना र सञ्चालन गर्ने मोडालिटी, खर्च र कानुनी तथा व्यवहारिक पक्षको सुझाब समेत प्रस्तावमा समेट्न भनेको छ ।
केही अन्तरराष्ट्रिय कम्पनीहरूले नेपाललाई उपलब्ध स्याटलाइट प्रयोगमा ल्याउन वर्षौदेखि चासो राख्दै आएका छन् । अनुभव र क्षमता हेरेर यस्ता कम्पनीबाट केहीलाई सर्ट लिस्टिङ गर्ने तयारीमा प्राधिकरण छ ।

सर्ट लिस्टिङमा परेका कम्पनी मध्येबाटै प्रतिश्पर्धा गराएर स्याटलाइट स्थापना र सञ्चालन गर्न दिने सोचमा सञ्चार मन्त्रालय र प्राधिकरण छन् ।
अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियनले सन १९८४ मै नेपालका लागि छुट्टाएका दुई स्याटलाइट स्लटलाई ३१ वर्ष बितिसक्दा पनि प्रयोगमा ल्याउन सकिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।