0 COMMENTS

11863301_697314250402427_509887270088176894_n२२ साउन, काठमाडौं । नेपाललाई हिन्दू राज्य कायम गरिनुपर्ने माग गर्दै शुक्रवार काठमाडौंमा वृहत प्रदर्शन भएको छ । स्वामी कमल नयनाचार्य सहित हिन्दू धर्मका बिभिन्न धर्म गुरुहरुको अगुवाइमा भएको प्रदर्शन खुलामन्चमा पुगेर आमसभामा परिणत भएको थियो ।

‘विराट धर्मसभा’ नाम दिइएको सो सभाका वक्ताहरुले देवभूमी नेपाललाई षडयन्त्रपूर्वक धर्म निरपेक्ष घोषणा गरिएको भन्दै पुनः हिन्दू राज्य कायम गरिनुपर्ने बताए ।

विराट सभामा सहभागिताका लागि हिन्दू धर्मका अनुयायीहरुलाई बसमा चढाएर समेत ल्याइएको थियो । प्रदर्शनमा स्वामी, साधु, सन्त लगायत युवा पुस्ताको पनि उल्लेख्य सहभागिता थियो । प्रदर्शनका सहभागीहरु आ-आफ्ना झाँकीमा प्रस्तुत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।