0 COMMENTS

काठमाण्डाै साउन– तीज हिन्दु संस्कृतिमा नारीहरुका लागि निकै महत्वपूर्ण चाड हो । यसलाई विगतदेखि नै परम्परागत मूल्य, मान्यताका आधारमा बनाउँदै आइएको छ । तीजको दिन वर्त बस्नलाई त्यसको अघिल्लो दिन रातभर चेलीहरु एक ठाउँमा जम्माभइ रमाइलो गर्ने, दर खाने गरिन्छ । यसलाई नेपाली संस्कृतिमा आपसी मेलमिलाप र एकताका लागि समेत महत्वपूर्ण मानिदै आएको छ ।

तर गायिका ज्योति मगरले तीजमा दरको साटो रक्सी खाइन्छ भन्दै नेपाली समाज र संस्कृतिमाथि नै धावा बोलेकी छन् । कलाकारले समाज र संस्कृतिको जर्गेना गर्न समेत महत्वपूर्ण भूमिका खेल्नुपर्ने ठाउँमा ज्योतिले उत्तेजित डान्स गर्दै तीज गीत बजारमा ल्याएकी छन् ।

गीतमा ‘रातो साडी छाडेर जिन्सको पाइन्ट लाइन्छ, आफूले त यो तीजमा दर खाँदा नि भोड्का खाइन्छ’, ‘न त फलफूल चाहिन्छ, न त दही दूध चािहन्छ, आफूले त यो तीजमा दर खाँदा नि ह्वीस्की खान्इन्छ’ भन्दै ज्योतिले भिडियोसहित गीत सार्वजनिक गरेकी छन् । उनको गीतको अन्त्यसम्म कहीँ कतै समाजलाई प्रेरित गर्ने खालका शब्दहरु सुन्न पाइदैन । उल्दै तीजको नाममा बढ्दै गएको बिसंगतीलाई बल पुर्याउने देखिन्छ ।                [view_video url=”fbAkoCfw2A”]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।