0 COMMENTS
winning-selfie
फायल फाेटाे

काठमाडौं, १ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार तेस्रो जित हासिल गरेको छ । अभ्यास खेलका लागि बेलायत गएको नेपाली टिमले शुक्रबार राति भएको तेस्रो अभ्यास खेलमा बेलायतको क्रिकेट क्लब कन्फ्रेन्सलाई चार विकेटले हराएको हो ।

कन्फ्रेन्स क्लबले प्रस्तुत गरेको दुई सय २७ रनको लक्ष्य नेपाली टोलीले ४६ दशमलव १ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका कप्तान पारस खड्काले ६६ बलमा ६७, अनिल मण्डलले ६४ बलमा ४३, ज्ञानेन्द्र मल्लले ४३ बलमा ३६, शरद भेशवाकरले १९, राजु रिजालले नटआउट १७ तथा राजेश पुलामी मगरले नटआउ १६ रन बनाउनुभएको थियो ।

यसअघि पहिले ब्याटिङ गरेको कन्फ्रेन्स क्लबले पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाएर २ सय २६ रन बनाएको हो । नेपालका लागि सोमपाल कामी र सन्दिप लामिछानेले २र२ तथा पारस खड्का र करण केसीले १/१ विकेट लिए ।

यसअघि बुधबार फ्रि फोरेस्टर क्लबसँग भएको ४० ओभरको खेलमा नेपाल १ सय २९ रनले विजयी भएको थियो । यस्तै बिहीबार भएको ट्वेन्टी–ट्वेन्टी खेलमा नेपालले इन्डियन जिमखानालाई २० रनले हराएको थियो । आँउदो साउन ४ गते नेपाल र मेरिलिबोन क्रिकेट क्लब एमसीसीबिच खेल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।