0 COMMENTS

Rekha-Thapaकाठमाडौं, २२ असार । सिनेमाको पर्दामा ‘बट स्लोली, स्लोली’ भन्दै कामुक डान्समा लठ्याउने हिरोइन रेखा थापा आइतबार जिल्ला अदालत, काठमाडौंमा ‘स्लोली’ अर्थात विस्तारै होइन, मुखमा मास्क लगाएर साह्रै हतारमा छिरिन् । र त्यसैगरी निस्किइन् ।

यसरी उनी हतारिएर छिर्नुपर्ने र मुखमा मास्क लगाएरै हिँड्नुपर्ने कारण रहेछन्, ५५ वर्षीय पूर्वपति छविराज ओझा । ३४ वर्षीया रेखाभन्दा भन्डै पाँच पर्षले कान्छी हिरोइन शिल्पा पोखरेलसँग विवाह गर्न रेखासँगको सम्बन्धविच्छेद बाधक बनिदिँदा रेखाले आइतबार हतारिनुपरेको हो ।

आज सांस्कृतिक कार्यक्रम प्रर्दशन गर्न कतार जाने हतारमा रहेकी रेखाले हिजो जनआस्थासँग भनिन्‘ मलाई त जानै मन थिएन । बोलाएको बोलायै गर्‍यो, अनि गइदिएँ ।

रेखा र छबिबीचको लेनादेना चार वर्षअघि नै टुङ्गिएको थियो । जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।