0 COMMENTS

जेठ २२, काठमाडौ | नेपाkriket-khelली युवा क्रिकेटर सन्दीप लामिछानेले अस्ट्रेलियामा क्रिकेट खेल्ने मौका पाएका छन्। गत वर्ष अस्ट्रेलियालाई एक दिवसीय विश्वकप दिलाएका कप्तान माइकल क्लार्कले १६ वर्षे लेग स्पिनर सन्दीपलाई अस्ट्रेलियामा खेल्न बोलाइएका हुन् ।

हङकङमा सन्दीप र क्लार्कले कावलुन क्यानटोनबाट खेलेका थिए। उनले हुङ होम जेडी जगुवारसँगको पहिलो खेलमै २ विकेट लिएका थिए। त्यसपछि वर्षाले खेल अवरुद्ध पार्दा पूरै प्रतियोगिता प्रभावित भएको थियो। सन्दीपको टिम कावलुन संयुक्त विजेता भएको थियो। सन्दीपले झन्डै साढे सात हजार हङकङ डलर (नेपाली झन्डै १ लाख १० हजार) मा खेलेका थिए।हङकङबाट फर्किएपछि क्लार्कले सन्दीपलाई मेन्सन गर्दै ट्वीटमा छिट्टै भेटौंला भनेका थिए।

सन्दीपको लक्ष्य अस्ट्रेलियाको घरेलु ट्वान्टी–२० क्रिकेट बिग बास खेल्ने हो। ‘क्लार्कले राम्रो खेल्दै गर तिमी बिग बासमा पुग्छौ भन्नुभएको छ। मेरा लागि इन्डियन प्रिमियर लिगभन्दा ठूलो हो बिग बासको महत्त्व। त्यसपछि सेफिल्ड सिल्ड हो मेरो लक्ष्य। उनीहरूको प्रस्ताव आउँछ भने म सधैं तयार छु त्यसका लागि। यसलाई लिएर म निकै उत्साहित छु,’ सन्दीपले भने।

‘क्लार्क मेरो एकेडेमीबाट क्लब क्रिकेट खेल्नु भनेर प्रस्ताव राख्नु भएको छ, त्यसका लागि कुन समय खाली छ भनेर सोध्नु भएको थियो, मैले सेप्टेम्बरमा भनेको छु, सन्दीपले भने,‘माइकल क्लार्क क्रिकेट एकेडेमीबाट खेल्न पाउनु मेरा लागि ठूलो मौका हो, राम्रो अनुभव हुनेछ, धेरै सिकिन्छ पनि।’

क्लार्कले नै आउने जाने टिकटसहित भिसाको लेटर, खाने र बस्ने व्यवस्था मिलाइदिन्छु भनेको सन्दीपले बताए। सन्दीपको लक्ष्य अस्ट्रेलियाको घरेलु ट्वान्टी ट्वान्टी क्रिकेट बिग बास खेल्न हो।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।