0 COMMENTS

bhuwan-kcकाठमाडौं, १४ जेठ । अभिनेता एवं निर्माता भुवन केसीले ‘ड्रिम्स’को पाइरेसी गर्नेविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । फिल्म पाइरेसी गर्नेलाई कारवाही र १ कराेड क्षतिपूर्तिको माग गर्दै भुवनले शुक्रबार महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएका हुन् ।

आफ्नो निर्माणमा रहेको फिल्म ‘ड्रिम्स’को अन्तराष्ट्रिय रिलिजलाई असर पारेको र समग्र नेपाली फिल्म उद्योगलाईसमेत ठूलो धक्का पुगेको उनको उजुरीमा भनिएको छ । पाइरेसीका कारण आफूले १ करोड नोक्सान बेहोर्नु परेको उनले बताए ।

भूवन निर्देशित फिल्ममा छोरा अनमोल केसी र नायिका साम्रागी राज्यलक्ष्मी शाहको अभिनय रहेको थियो । ‘ड्रिम्स’ले नेपालमा उल्लेखनीय व्यापार गरेको थियो ।

एसएसपी सर्वेन्द्र खनालले पाइरेसीमा संलग्न रहेकाको खोजी गर्ने प्रतिवद्धता दिएको भुवनले जानकारी दिए ।

विगत केही महिना अगाडी ‘प्रेमगीत’, ‘पशुपतिप्रसाद’ जस्ता व्यवसायिक रुपमा सफल मानिएका फिल्महरु पाइरेसीको सिकार बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।