0 COMMENTS

Rajesh-Hamal_20111231091017जेठ ०२, २०७३, काठमाण्डौं/भारतीय हिरोइनलाई नेपाली सेनाका जर्नेलले स्वागत गरेको भन्दै अभिनेता राजेशले हिनताबोध भएको जनाएका छन् ।
हमालले आफ्नो फेसबुक पेजमा सेनाको यस्तो कार्यबाट आफू लज्जित भएको बताएका हुन् । उनले आफ्नो फेसबुकमालेखेका छन्, ‘नेपाली सेना देशको गौरव हो । तर यो समाचार बढेपछि देशको एउटा नागरिकका रुपमा मेरो गौरव चकनाचुर भएको छ ।’

उनी थप लेख्छन्, ‘देशको एउटा विनम्र कलाकारका रुपमा मैले हिनतावोध गरेँ । यदि उनीहरुलाई विदेशबाट आएका कलाकारलाई स्वागत गर्नु नै थियो भने सादा पोशाकमा गर्न सक्थे ।’
एउटा च्यारिटी कार्यक्रममा भाग लिन आएकी भारतीय नायिका सोनाक्षी सिन्हालाई सेनाका जर्नेल समीर शाहीले एयरपोर्टमा पुगेर स्वागत गरेका थिए ।

भूकम्पपीडितको सहयोगका लागि भन्दै सैनिक श्रीमती संघद्वारा आयोजित एक सांस्कृतिक कार्यक्रममा भाग लिन बलिउडका नायिकाद्वय सोनिक्षी सिन्हा र मलाइका अरोरा काठमाडौं आएका थियो । उक्त कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा गरिएको थियो भने नेपाली सेनाले उनीहरुलाई सुरक्षा दिएको थियो ।नयाँ पेज

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।