0 COMMENTS

Screenshot-28_03_2016-12_47_15-PM-150x150नेवारी समुदायमा चलिआएको प्रथा कुमारीको जिवनकथामा आधारित अनमोल केसी स्टारर फिल्म ‘गाजलु’ अहिले विवादमा परेको छ ।फिल्मको ट्रेलर सार्वजनिक भएपछि चलचित्रको विषयमा कुमारी घरले प्रश्न उठाएपछि फिल्म चर्चामा आएको छ ।कुमारी घर तथा नेवारी समुदायले चलचित्रको विषयवस्तुको बारेका सोधपुछ गरेपछि निर्माता रोहत अधिकारीले स्पष्टीकरण सहितको प्रेस विज्ञप्ती जारी गरेका छन् ।फिल्ममा बाल्यकालमा कुमारी जिवन विताएकी युवती कुमारी नरहे पछिको जिवन अवस्थालाई चित्रण गरिएको छ ।
विज्ञप्तीमा उनले चलचित्रले कुनै पनि जाति विशेषको परम्परा र सम्प्रदाय लाई लिएर कसैको संस्कृति र मनोभावनामा आँच पुरयाउन नखोजेको बताएका छन् । निर्माण पक्षले फिल्मबारे स्पष्टीकरण दिदै ट्रेलरमा बोलिएका संवादहरु कथाको माग अनुसार भएको र नितान्त सकारात्मक सन्देश दिनका लागि राखिएको बताएका छन ।
साथै रोहितले चलचित्र सेन्सर पास भएपछि कुमारी घरका पदाधिकारीहरु लाई देखाएर मात्र हलमा रिलिज गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
जेठ २८ गतेबाट प्रर्दशनमा आउने फिल्म ‘गाजलु’मा अनमोल केसी, सृष्टि श्रेष्ठ, सलोन बस्नेत, गौरब पहारी, मेनुका प्रधान लगायतका कलाकारको अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।