0 COMMENTS

तेस्रोपटक गृहमन्त्रालयको बागडोर सम्हालेका उपप्रधानमन्त्री वामदेव गौतमको सचिवालयमा कार्यरत कर्मचारीहरु नै उनीविरुद्ध क्रियाशील रहेको खुलासा भएको छ ।

Bam-Dev-Gautam_20140407091049गौतम जतिपटक मन्त्री भए पनि उनको सचिवालयका सदाबहार पिए बस्दै आएका जयराज भण्डारी र एमाले निकट निजामति कर्मचारी संगठनका अध्यक्ष पुण्य ढकाल लगायतका कर्मचारीहरुले गौतममाथि अनुशासन उलङघन गरेको आरोपमा कारवाही गर्न माग गरेको एउटा पत्र प्राप्त भएको छ ।

निजामति सेवा ऐनको दफा २४ को उपदफा घ (१) अनुसार शाखा अधिकृतमा बढुवा भएका भण्डारी र ढकाल गृह अन्तर्गतका अध्यागमन कार्यालय, आकर्षक जिल्ला प्रशासन कार्यालयमा सरुवा गर्दै फाइदा लिनेमा पर्दछन् ।

गृहमन्त्री गौतमले अहिलेसम्म तीनपल्ट सम्हाल्दा भण्डारी ढकालले सरुवामा लाभ लिने गरेका छन् ।

माधव नेपाल सरकारको राजीनामा मागेको लगत्तै गौतममाथि कारवाही गर्न माग गर्ने भण्डारी गृहमन्त्रालयमा रैथाने पीएका रुपमा चर्चित छन् । गौतमले विश्वास गरेका भण्डारी उपसचिवलाई गन्दैनन् ।
आजको साँघु साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।