0 COMMENTS

 

साउन ९– साथीभाइसँग भेट हुँदा मोबाइलको कुरा भयो भने सबैको गुनासो एउटै हुन्छ ‘मेरो मोबाइलको त ब्याट्री नै टिक्दैन ।’ अधिकांश व्यक्ति मोबाइलको ब्याट्री जति चार्ज गरेपनि नटिकेको गुनासो गर्छन् ।

140606164700_type_of_battery__624x351_powertrekk_nocreditब्याट्रीलाई सहि तरिकाले चार्ज गर्नेहो भने समस्या नआउने विज्ञले बताएका छन् । सहि तरिकाले चार्ज गर्ने हो भने ब्याट्री लामो समयसम्म टिक्ने र काम पनि राम्रोसँग गर्ने हुन्छ । मोबाइल फोनको ब्याट्री तीनदेखि पाँच सय पटक चार्ज हुने गरी बनाइने गरेको मोबाइल फोन निर्माता कम्पनीले बताउने गरेका छन् । त्यो भन्दा धेरै पटक चार्ज भएपछि ब्याट्रीको क्षमता घट्न थाल्छ । त्यसपछि ब्याट्रीले चार्जलाई राम्रोसँग स्टोर गर्न सक्दैनन् । ब्याट्रीको चार्ज कहिले पनि शुन्य तथा सय प्रतिशत बनाउन नहुने विज्ञले बताएका छन् । लिथियम आयन ब्याट्रीलाई ४० देखि ८० प्रतिशतको बीचमा चार्ज गरेर राख्दा राम्रो हुने विज्ञको सुझाव छ ।

यस्तै ब्याट्रीको चार्जलाई २० प्रतिशत भन्दा कम हुन नदिनु सबैभन्दा उत्तम हुन्छ । महिनाको एक पटक मात्रै १०० प्रतिशत चार्ज गर्नु राम्रो हुने एडभाइजरको सुझाव छ । यस्तै ब्याट्री टिकाइ राख्नका लागि जुन पायो त्यही चार्जरले चार्ज नगरेर मोबाइलसँगै पाइने चार्जरनै प्रयोग गर्नु उपयुक्त हुन्छ ।

लिथियम आयन ब्याट्रीलाई धेरै दिनसम्म चार्ज नगरी राख्न पनि हुँदैन । यती कुरामा ध्यान दिइयो भने मोबाइलको ब्याट्रीले लामो समयसम्म काम गर्ने विज्ञको दाबी छ ।
– एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।