0 COMMENTS

 

यहाको पारिवारिक पृष्ठभूमि, बाल्यावस्था तथा अध्ययन सम्बन्धमा केही प्रकाश पारिदिनुहुन्छ कि ?

mqdefaultमेरो जन्म इलामको वरबोटेमा वि.सं. १९९१ साल असार महिनामा भएको हो । मेरो अक्षरारम्भ मेरा पिताजीबाट नै भयो । पिता केही लेखिदिनुहुन्थ्यो

अथवा पढ्ने कुरा केही दिनुहुन्थ्यो वा पुस्तक दिनुहुन्थ्यो, स“गै आमा र हजुरआमाले अभ्यास गराउनुहुन्थ्यो । यसरी मैले सिक्दै गए“ । अलिक पछि मलाई त्यतिले मात्र पुगेन र पिताजीका मित्र बोधनारायण घिमिरेले पिताजीको आग्रहमा मलाई घरैमा आएर पढाउन थाल्नुभयो । उहा“ले मलाई पढाउन थालेपछि गाउँ का अन्य केटाहरू पनि मलाई पढाएको हेर्न र सुन्न आउन थाले । त्यो देखेपछि पिताजीले घरको दलानमा नै हामी सबैलाई पढ्ने व्यवस्था मिलाइदिनुभयो । मैले त्यही“ चण्डी, अमरकोश र भास्वती (ज्योतिषशास्त्र) पढे । दिनप्रतिदिन त्यहाँ पढ्नेको सङ्ख्या बढ्न थालेपछि

त्यहाँ पढ्न पढाउन असहज हुन थाल्यो । त्यसपछि पिताजीले घरभन्दा अलिपर एक जना दाहाल सँगजग्गा किनेर एउटा राम्रो कटेरो बनाइदिनुभयो । त्यही हामी सबै गाउँ भरिका केटाहरू पढ्न थाल्यौ । त्यो नै मेरो पहिलो विद्यालय थियो । त्यहाँ  पढ्दा–पढ्दै मेरो व्रतबन्ध भयो । रुद्री पनि पढियो । पढाइका अतिरिक्त लेखाइमा पनि गुरु बोधनारायण घिमिरे विशेष जोड दिनुहुन्थ्यो । निगालो, बाँस वा मालिंगालाई ताछेर चुच्चो बनाइएको कलमले नेपाली पहाडे कागजलाई पट्याएर लेख्ने अभ्यास गराउनुभयो । उहाँ का अक्षर त छापाका जस्ता छदै थिए, संगै मेरो अक्षर पनि उत्तिकै राम्रा हुदै आए ।

मैले ८ वर्षको उमेरमा वि.सं. १९९९ सालमा भास्वतीबाट गणना गरेर त्यो वर्षभरिको पात्रो बनाए । यसरी म राम्रोस“ग पढ्दै गएको केही छुच्चा केटाहरूलाई मन पर्दैनथ्यो । उनीहरू मेरो डाहा गर्थे, पिट्थे । तर म दुब्लो भएकाले केही गर्न सक्दैनथिए“ । त्यस्तो वेला म सँग पढ्ने मेरै उमेरका काका पशुपतिले मलाई ती हुल्या केटाहरूको आक्रमणबाटमा बचाउनुहुन्थ्यो । तर विडम्बना उहाँ को त्यसैवेला देहान्त भयो र उहाँ को देहान्तपछि म बडो विरक्त भए । मैले अन्त पनि भनेको छु, के भने काका बिरामीले थलिनुभएको थियो  र  एक दिन एकाबिहानै म उहाँ लाई हेर्न घरभन्दा माथि रहेको विशाल वटवृक्षको बाटो हुदै उहा को घरतिर जादै थिए ।

रातभरिको पानीपछि खुलेको मौसम थियो । त्यहाँ  एक्कासी मलाई माटाको गन्ध आयो । मनै हरहर भएर आयो । लाग्यो यो पृथ्वीमा त कति मीठो वास्ना आएको । त्यो क्षण अहिले पनि म झल्झली सम्झन्छु । यसरी माटाको गन्ध सुघ्दै जादै थिए । त्यो विशाल वरको बोटनजिकै पुगेपछि मैले

एउटा छापाको कागज भेट्टाए । त्यो कागज पाएर अब मैले नयाँ कुरा पढ्न पाउने भए  भनेर दङ्ग पर्दै यसोउठाएर हेरेको त म त छक्क परे । अमर कोश, भास्वतीर रुद्री समेत पढिसकेको अनि अन्य केटाहरूभन्दा राम्रो र छिटो पढ्न सक्ने भनी गर्व गर्ने मलाई त्यो कागज पढ्न नसक्दा असाध्यै पीडा भएर आयो । लाग्यो, ओहो मैले के पढेको रहेछु र जीवनमा एउटा केही बुझिदैन यी अक्षरहरू । यति सोच्दासोच्दै अनायासै म त रुन थालेछु । यतिवेला नै एकजना बेलायती सेनाका लाहुरे (गुरुङ थिए सायद) बिदा मनाउन त्यही बाटो आफ्नो घर जादै रहेछन् । द्वितीय विश्वयुद्ध चल्दै थियो ।

हातमा कागज लिएर थचक्क भुईंमा बसेर रुदै गरेको देखेपछि तिनले मलाई सोधे — ए बाहुन नानी तिमी किन रोएको ? तिमीलाई कसले पिट्यो ह ? लाहुरे दाइ मलाई यो कागजले कुट्यो  भनेर मैले हातको छापाको कागजतिर इसारा गरे । त्यसपछि त त्यो मान्छे छक्कै पर्यो । यति सानो मान्छेले कति ठूलो कुरा गरेको भन्दै उसले फेरि सोध्यो । हैन ए बाहुन नानी  भन त तिमीलाई कसरी कुट्यो यो कागजले ? उसले मेरो हातबाट कागज लिएर हेर्यो अनि भन्यो, ‘यो त अंङ्ग्रेजीमा लेखेको रहेछ पो त तिमीले केही नबुझेका  भन्दै उसले मलाई अङ्ग्रेजी पढ्ने हुट्हुटी जगाइदियो । प्रेरणा दियो । तत्कालीन सामाजिक अवस्थामा अङ्ग्रेजीलाई गाईखानेको भाषा मान्ने चलन थियो । तर त्यो लाहुरेले मलाई अनेक उदाहरण दिदै अङ्ग्रेजीको महत्व र महिमालाई जाग्रत पारिदियो र  आफ्नो गन्तव्यतर्फ लाग्यो ।

त्यसपछि म घर आए । मन विरक्त भएको थियो । पिताजी घरमा हुनुहुन्नथ्यो । माल अड्काका कर्मचारी, घर महिना दुई महिनामा आउनुहुन्थ्यो । त्यसैले मेरो अङ्ग्रेजी पढ्ने अभिलाषा र अठोट बुबालाई भन्ने कुरै भएन । अनि मैले हजुरआमालाई ‘म अङ्ग्रेजी पढ्छु– भने“ । उहाँ ले पनि नभन्दै त्यसको भोलिपल्टै माइबेनी मेलामा गएको मौका पारेर बनारसमा छापिएको ठूलो वर्णमाला भन्ने किताब ल्याइदिनुभयो । जसको पुछारमा अङ्ग्रेजी वर्णमाला हुन्थ्यो । त्यसको दस÷पन्ध्र दिनपछि पिताजी घर आउनुभयो ।

पिताजी आउने बित्तिकै मैले आफ्नाे अङ्ग्रेजी पढ्ने इच्छा व्यक्त गरे“ । त्यसपछि उहा“ले भन्नुभयो, ‘तै“ले ठीक भनिस् बाबु † मलाई पनि हेर्न हाम्रा बडाहाकिम महावीर शमशेरले आसामतिर पढेर आएको भारत बुझेको छ भनेर एउटा काम दिएर कलकत्ता पठाएका थिए तर अङ्ग्रेजी नजान्नाले मैले अपमानित भएर फर्कनुपर्यो ।’ भएको के रहेछ भने कलकत्ता गएर आफ्नाे गन्तव्य पुग्नलाई कुन ठाम समात्नुपर्ने हो त्यो उहाँले बिर्सनुभएछ र नजिकै बसेको देख्दै भलाद्मी जस्तो लाग्ने अङ्ग्रेजलाई सोध्नु भएछ तर उसले रुखो मिजासले अङ्ग्रेजी साइनबोर्ड देखाएपछि उहा“ बडो विरक्त हुनुभएछ । अनि मेरो जेठो छोरा तारालाई अङ्ग्रेजी नपढाइछाड्दिन भन्ने अठोट गर्नुभएछ ।

ईश्वरले जुराइदिएको भन्नैपर्छ बाबुछोराको अनुभव समान थियो । त्यसको लगत्तै उहाँ ले फिक्कलमा घर बनाएर त्यहाँ अङ्ग्रेजी विद्यालय खोल्नलाई विशेष पहल गर्नुभयो । स्वामी सोमेश्वरानन्द भन्ने एकजना सन्तले संस्कृत अध्यापनका लागि बनाएको तर विद्यार्थी अभावमा त्यसै बसिराखेको एउटा भवन थियो । पिताजीले त्यही भवनमा आप्नै अग्रसरतामा अङ्ग्रेजी विद्यालय चलाउनुभयो । शिक्षकका रूपमा एकजना साह्रै राम्रो अङ्ग्रेजी जान्ने लाहुरे (तर लाहुरे भए पनि लेखापाल काम गरेका)लाई राख्नुभयो । यसरी मैले अङ्ग्रेजी पढ्न थाले। त्यहा पढिसकेपछि मलाई उहाँ ले अङ्ग्रेजी माध्यममा पढाइ हुने स्कुलमा नै पढ्नुपर्छ, अझ त्यसमा पनि राजाका छोराहरूपढ्ने स्कुलमा नै पढ्नुपर्छ भनेर दार्जिलिङ लगेर सेन्ट जोसेफ स्कुलमा भर्ना गरिदिनुभयो । यस क्रममा उहाँले भन्नुभएको थियो, त  यसरी अङ्ग्रेजी पढ् छोरा जसले गर्दा यी कुइरेहरूलाई नै अङ्ग्रेजी पढाउन सक्ने गरी पढ् । तैले यसो गरिस् भने मात्र मेरो सास शान्तिसित जानेछ ।

अनि उच्च शिक्षा, सेन्ट जोसेफपछि ?

सेन्ट जोसेफबाट विद्यालयस्तरीय अन्तिम परीक्षा उत्तीर्ण गरिसकेपछि म मानविकीतर्फ लागे“ र बनारसबाट अङ्ग्रेजी साहित्यमा बीए गरे“ । बनारसमा

बीए पढ्दापढ्दै २०१३ सालमा हामीले झर्राेवादी आन्दोलन सुरु ग¥यौ“ । म र मेरा मित्र बालकृष्ण पोखरेलको अगुवाइमा भएको त्यो आन्दोलन खुब

फैलियो, व्यापक भयो अनि त्यसले नेपाली भाषाको एउटा मानक स्वरूप निर्माणमा धेरै सघाउ पुर्यायो । त्यही झर्राेवादी आन्दोलनलाई अझ उचाइमा

पुर्याउन नौलो पाइलो नामक पत्रिका पनि प्रकाशन गर्न थाल्यौ“ । बनारसबाट बीए उत्तीर्ण गरिसकेपछि म काठमाडौ“ आएर कोलम्बो प्लान छात्रवृत्तिमा एम ए गर्न जाने इच्छाले निवेदन पेस गरे र पटनाबाट अङ्ग्रेजी साहित्यमा एम ए गरे । यसरी मैले आफ्नाे उच्च शिक्षा पूरा गरे र त्यसपछि काठमाडौं आएर प्राध्यापन गर्न थाले ।

यहा“ कसरी भाषा साहित्यतिर प्रेरित हुनुभयो ? विशेष प्रेरणा वा प्रभाव त्यस्तो केही छ कि ?

शिक्षा र साहित्य एक अर्काका परिपूरक हुन् भन्ने छाप मलाई सानैदेखि परेको हो । खासगरी फिक्कलको हाइ स्कुलमा अङ्ग्रेजी पढाउने जुन लाहुरे

हुनुहुन्थ्यो उहाँ कै प्रभाव भन्नुपर्छ, साहित्य र शिक्षालाई म एउटै कुनाको रूपमा लिन्थे । उहाँ को बारेमा मैले अघि पनि भनिसके  भन्नलाई लाहुरे तर लाहुरमा गएर पनि लेखापाल काम गर्नुभएको चन्द्रभक्त कसजुको अध्यापनले मलाई भाषा, साहित्यतिर रुचि जगाइदियो । उहाँ राणाविरोधी आन्दोलनमा दशरथचन्द, गङ्गालाल सगै होमिनुभएको थियो तर घरपरिवारले रातारात भगाएर काठमाडौं इन्द्रचोकबाट दार्जिलिङ पुर्याएछन् । केही समय दार्जिलिङमा अध्ययन गरेपछि राणाविरोधी आन्दोलनमा भाग लिन नदिएको झोकमा घरमा थाहै नदिई उहाँ पल्टनमा जानुभएछ । नेवार भएकाले पल्टनमा भर्ना नलिने हुदा सिबी कायस्थ भन्ने छद्म नाम राखी पल्टनमा भर्ना त हुनुभएछ पछि पत्ता लागेपछि उहालाई लेखापालको

जिम्मेवारी दिइएछ र सात आठ वर्ष त्यहा  बिताएपछि उहा  इलाममा आउनुभएछ । उहा को अङ्ग्रेजी असाध्यै माझिएको थियो, कतिसम्म भने उहाँ  ब्रिटिसजस्तै प्राञ्जल अङ्ग्रेजी बोल्नुहुन्थ्यो । मेरो नेपाली, अङ्ग्रेजी राम्रो भएको उहाँ ले गर्दा नै हो । साहित्यतिरको प्रभाव

पनि उहाँबाट नै आएको हो । उहाँ कै प्रेरणाले म राणाविरोधी भए र सातसालको क्रान्तिमा पनि भाग लिए । लेख्ने प्रेरणा पनि उहा बाटै प्राप्त भयो । पछि गएर दार्जिलिङको साहित्यिक वातावरणमा खासगरी पारसमणि प्रधान, रूपनारायण सिंह र शिवकुमार राईलगायतबाट म प्रभावित भए । टि मेनन भन्ने एकजना विद्वान् हुनुहुन्थ्यो । उहाँ को साथी भन्ने पत्रिका निस्कन्थ्यो । २००८ सालमा मेरो पहिलो निबन्ध इलाम त्यही साथी पत्रिकामा नै प्रकाशित भएको थियो । नेपाली साहित्यका निबन्ध, आख्यान (कथा, उपन्यास) र समालोचना विधाका एक सशक्त हस्ताक्षरका रूपमा सुपरिचित

यहा“लाई कविता चाहि लेखू लेखू  लागेन ?

त्यसो होइन, मैले कविता पनि लेखेको छु । वास्तवमा मैले कविताबाटै साहित्यिक यात्रा सुरु गरेको हु“ । एकदुईवटा भारतीमा छापिएका पनि छन् ।

अहिले पनि अलिअलि लेख्छु तर नगण्य मात्रामा । मलाई छन्दोबद्ध कविता मनपर्छ तर गद्य कविता खासै मन पर्दैन । गद्य कविता लेखिरहनु भन्दा त बरु लामै गद्य लेख्छु । पद्य कविता चाहि“ कहिले काही“ अझै पनि लेख्दैछु ।

नेपाली निबन्ध साहित्यमा यात्रा निबन्धलाई नियात्रा विधाका रूपमा उठान र विकास गर्नुभएको सन्दर्भमा नियात्राका बारेमा यहाँ के भन्नुहुन्छ ?

वास्तवमा नियात्रा भन्ने शब्द पहिला प्रयोगमा थिएन । यो शब्द विन्यास गर्ने मेरा मित्र बालकृष्ण पोखरेल हुन् । उनले नै मेरो मेनाइ सा“घुको मेला भन्ने यात्रा निबन्ध पढेपछि त्यसलाई नेपाली साहित्यको अलग विधाको मान्यता दिदै लेख्दै जाने प्रेरणा दिए । उनले नै उत्तरी वेल्स विश्वविद्यालयका अङ्ग्रेजी साहित्यमा दोस्रो एम ए गर्ने क्रममा बिदा मनाउ“दै गर्दा लेखिएको त्यो मेनाइ साघुको मेला लगायत बेलाइततिर बरालिदा भन्ने सिंगो किताबै नियात्रा सङ्ग्रहका रूपमा दर्ता गराइदिए । यसको सम्पूर्ण श्रेय मेरा परममित्र उनै पोखरेललाई जान्छ । उनको विचारमा यात्रा वर्णनमा निजात्मकतासहित पाठकलाई पनि रसीभूत गराउन सक्ने भावना उत्पन्न गराउने लेख नै नियात्रा हो । निजात्मक अनुभूति नै नियात्राको पहिचान हो ।

अनवरतरूपमा भाषा साहित्यको सेवामा समर्पित यहाँका कृतिहरूको गुणात्मक गरिमा र महत्व त छदैछ साथै सङ्ख्यात्मक रूपमा कति पुगे होलान् ?

मेरा प्रकाशित कृतिहरू हालसम्म २२६ पुगे भने १०÷१२ वटा प्रकाशनका क्रममा छन् । यस्तै दुई हजारभन्दा बढी छोटा लेखहरू पुगिसके ।

उत्तरआधुनिकताबारे अहिले निकै चर्चा छ । यसबारे यहाँ को धारणा जान्न सकिएला ?

उत्तर आधुनिकता भन्ने शब्द नै भ्रमात्मक छ । उत्तर आधुनिक भनेको के हो ? आधुनिक त आधुनिकै हो । पूर्व, पश्चिम, उत्तर, दक्षिण किन ? वास्तवमा उत्तरआधुनिक हुदैन । ज्याक्स डेरिडा भन्ने एक जना फ्रान्सेलीले एउटा बेतुकको छन्द, प्रसङ्ग केही नमिलेको उट्पट्याङ कविता लेखेर छपायो । तर, कसरी कसरी केके न हो भन्ने किसिमले फ्रान्सको सचेत साहित्यिक वातावरण्मा त्यसको ठूलो प्रचार भयो । यसै मेसोमा कसैले साहित्यमा नया“ कुरा आयो, पोस्ट मोर्डनिज्म भनेर लेखिदियो । छन्द न बन्धको प्रसङ्ग, सन्दर्भ केही पनि नमिलेको कविता लेखेको

रहेछ । पछि त्यसलाई पागलखानामा लगेर राखिदिए र त्यही“ नै त्यसको निधन भयो । फ्रान्स, इग्ल्यान्ड र अमेरिका कतै पनि अहिले पोस्ट मोर्डनिज्म छैन । तर, नेपालमा भने पुराना प्रतिभाशाली लेखकहरूलाई लेखेर जित्न नसकिने भएपछि केही न केही उट्पट्याङ लेखेर उत्तरआधुनिकता भन्ने पगरी गुथाएका हुन् । कतिसम्म भने भारतमा एकजना प्राध्यापकले ज्याक्स डेरिडा भन्ने किताबै लेखिदिएपछि त इन्द्रबहादुर राई मख्ख परेर अर्थ न बर्थको उट्पट्याङ लीलालेखन सुरु गरे । त्यसैले उत्तरआधुनिकता भ्रमात्मक छ । मैले त उत्तरआधुनिक ढेडूहरू भनेर लेखसमेत लेखिसकेको छु । विकृत लेखन र ध्वंसतिर लैजाने यिनीहरू ढेडू नै हुन् । सिर्जनशीलता भन्ने कुरा यिनीहरूमा छदैछैन ।

बारम्बार नेपाली वर्णविन्यासका नीति र प्रयोग बदल्ने विद्वान् र संस्थाहरूको प्रयत्नलाई यहा“ के भन्नुहुन्छ ?

अझ झर्राेवादी आन्दोलनका प्रणेताका रूपमा यसलाई कसरी हेरिरहनुभएको छ ? झर्रोवादी आन्दोलन कौ कुरा गर्दा मैले  पहिला पनि भनिसके म र मरो मित्र बालकृष्ण मिलरे यो आन्दोलन सरुु गरको हो । नपोली भाषा चौतर्फी मारबाट अतिक्रमित भइरहेको बेलामा हामीले यो आन्दाले न चलाउन  निणर्य गरेका हौ । प्रारम्भमा भरिसक्य संस्कृत शब्द पनि नराख्ने भन्ने हाम्रो विचार थियो तर पछि गएर संस्कृतलाई नचलाउने कुरा भयो । किनभने पहिलो कुरा त संस्कृत नेपाली भाषाको मूलस्रोत भाषा नै हो भने दोस्रो कुरा आधुनिक नेपाली भाषा जति संस्कृतको नजिक अरू कुनै भाषा छैन ।

यस मामिलामा हिन्दी पनि छैन । लेखन र उच्चारणगत समानताले पनि संस्कृतको सबभन्दा नजिकमा नेपाली भाषा नै देखिन्छ । त्यसैले हामीले हाम्रो वर्णविन्यासमा संस्कृतबाट आएका तत्सम शब्दलाई जस्ताको तस्तै लख्े न े परिपाटी विकास गरके ा हा “ै । पहिलाका काशे कार र व्याकरणकारहको लामो अभ्यासबाट यस्तो परिपाटी विकास भएको हो । अनि तद्भव र आगन्तुकमा चाहि“ संस्कृतिको नियम नलगाएर प्रारम्भ र बीचको ह्रस्व तथा

अतिमको दीर्घ लेखने नियम बनाइएको हो । श षस पनि एउटै पय्रागे गर्ने । त्यहीअनुसार नै अहिलसे म्म चल्दै आएको छ । जहा“सम्म अहिलेको विवादको प्रसङ्ग छ, त्यो भनेको बाह्यजगत्बाट नेपाली भाषा बिगार्न आएको पैसाले गर्दा त्यसो भएको हो । वास्तवमा भन्नैपर्छ,

नेपाली भाषाको मौलिकता समाप्त पारी यसलाई विकृतर विसङ्गत बनाउनका लागि हिन्दी भाषाबाट आएको पैसाले काम गरेको छ । र, त्यही पैसाको कारणले यी ११ जना नेपाली भाषाको हिज्जे बिगार्न, समास छुट्याउन लागिपरेका हुन् । यो अरू केही होइन नेपाली भाषा हिन्दीको एउटा शाखा हो भन्ने बनाउन हिन्दीबाट आएको पैसाले यहा“ ठूलो काम गरेको छ । जसरी गौतम बुद्धलाई भारतमा जन्मेको हो भनेर मिथ्था प्रचार भइरहेको छ त्यसरी नै नेपाली भाषालाई पनि हिन्दीको एउटा सामान्य शाखा मात्र हो, अरू केही होइन भनेर प्रचार गर्ने भारतीय मानसिकताका ज्वलन्त उदाहरण हो । त्यसैले जुन यी ११ जनाले त्यसैको लहैलहैमा लागेर नेपाली भाषालाई विकृत बनाउने कुचेष्टा गरेका छन् । त्यसको विरुद्धमा मैले एघार जनाको नेपाली कि सबकैाे नपेाली, भनरे लखेै लखे “े । यसै सन्दर्भमा एउटा फरक प्रसङ्ग जोडौ“ । यति सानो मुलुकमा सङ्घीयता घुसाई अनावश्यक बखेडा झिकेर परस्पर वैमनस्यता सिर्जना गरिदै छ, त्यसबाट पनि नेपाली भाषामाथि त्यस्तै आक्रमण भइरहेको छ ।

अङ्ग्रेजी साहित्यमा समेत विशेष दख्खल राख्नुहुने यहा“को विचारमा नेपाली साहित्य विश्व–साहित्यको हाराहारीमा छ त ?

 समग्र नेपाली साहित्य विश्व साहित्यको हाराहारीमा पुग्न वा कुम जुधाउन सक्तैन । तर कुनै कुनै स्रष्टाहरू र तिनका सिर्जनाहरू विश्व साहित्यको दाजामा पुग्न सक्छन् । उदाहरणका लागि महाकवि देवकोटा, नाट्यसम्राट सम अनि कविशिरोमणि लेखनाथका कृतिहरू विश्व साहित्यको समकक्षमा छन् भन्दा अत्युक्ति हुदैन ।

 नेपाली साहित्यको वर्तमान अवस्था ?

 नेपाली साहित्यको वर्तमान अवस्था राम्रो छ । लेख्नेले निरन्तर लेखिराखेकै छन् । बजारमा आइरहेका कृतिहरू हेर्दा नराम्रा छैनन् ।

दिनहु पाश्चात्यकरण हुदै गइरहेको अहिलेको नेपाल र नेपाली समाजको बारेमा यहाँ के भन्नुहुन्छ ?

अहिले संसारै साघुरो भएर एउटा गाउ“जस्तो भइरहेको बेला बाहिरका कुरा यहा“ आउनु र त्यसबाट प्रभावित हुने कुरा स्वाभाविक हो । तर यसो भनेर हाम्रा धर्म, भाषा, संस्कृतिलगायतका मौलिकतामाथि चाहि  अतिक्रमण हुनुभएन, यिनलाई हामीले जोगाइराख्नुपर्छ । पाश्चात्य देशका मानिसले नेपाल र नेपाली समाजलाई नियालेका छन् अथवा पटक्कै चासो राखेका छैनन् ? यहाँ ले कस्तो पाउनुभएको छ ? नेपालको भौगोलिक परिवेश र सांस्कृतिक विविधताबाट पाश्चात्य देशका मानिसहरू ज्यादा प्रभावित छन् । हामीले भौतिक वा आर्थिक उन्नति गर्न नसकेकैले उनीहरूले नेपाललाई पिछडिएको देशको रूपमा हेर्दैनन् । बरु भाषिक र सांस्कृतिक रूपमा असाध्यै धनी मुलुकको दृष्टिले हेर्छन् ।

शैक्षिक क्षेत्रको एक जिम्मेवार व्यक्तिका रूपमा नेपालको वर्तमान शैक्षिक गतिविधिलाई कसरी नियालिरहनुभएको छ ?

नेपालको शैक्षिक क्षेत्र दिनानुदिन प्रगतितर्फ लम्किरहेको छ । शिक्षाको पहुच फराकिलो हुदै जादो छ । शिक्षाको सन्दर्भमा कुरा गर्दा शिक्षा सरकारले हेरेर मात्र हुदैन, निजी हुनैपर्छ । चीनमा समेत निजी शिक्षा छ भने नेपालमा किन हुनु नहुने ? मैले अमेरिकामा अध्यापनका क्रममा धेरै चिनियाँ लाई अङ्ग्रेजी पढाएको छु, जो त्यहाँ का निजी विद्यालय वा कलेजबाट अमेरिकामा पढ्न आएको बताउथे ।

अन्त्यमा आफ्नाे पाठकलाई केही भन्नुहुन्छ कि ?

जसलाई पढ्दा पनि निष्ठासाथ पढ्नुहोस् । सगरमाथा, सीता, बुद्ध, भृकुटी र अरनिकोलाई सम्झेर पढ्नुहोस् । मौलिक, संस्कृति र वीरताको इतिहासलाई

सदैव ख्याल गर्नुहोस् ।

(वरिष्ठ साहित्यकार डा.तारानाथ शर्मासग समाजको आवाज  का लागि राजु बस्नेत ,कुमार पाैडेल )

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।