0 COMMENTS

joss_stoneकाठमाडौं, माघ २५ । चर्चित हलिउड गायिका जोस स्टोन नेपाल आउने भएकी छिन् । काठमाडौंमा हुन लागेको ‘जोस स्टोन लाइभ इन काठमाडौं’ नामक कन्सर्टमा सांगीतिक प्रस्तुती दिन उनी नेपाल आउन लागेकी हुन् ।

आगामी फागुन ६ मा बौद्धस्थित ह्यात रिजेन्सीमा आयोजना हुन लागेको ‘जोस स्टोन लाइभ इन’ काठमाडौंमा उनले आफ्ना चर्चित गीतहरु गाउँनेछिन् । हाल वर्ल्ड टुरमा रहेकी हलिउड गायिका जोस स्टोनले राजधानीमा उनको ब्यान्डसहित सांगीतिक प्रस्तुती दिँदैछिन् । कन्सर्टबाहेक गायिका स्टोनले च्यारिटी कार्यक्रममासमेत सहभागि हुँदैछिन् ।

कन्सर्टको आयोजना हाउस अफ म्युजिक गर्न लागेको हो । सन् २००१ बाट सांगीतिक यात्रा सुरु गरेकी गायिका स्टोनले माइन्ड बडी एन्ड सोल, इन्ट्रोड्युसिङ जोस स्टोन र वाटर अफ योस सोल लगायत एल्बम ल्याइसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।