0 COMMENTS

धनगढीपौष ०३, २०७७ / टीकापुर घटनाको मुद्धाबारे उच्च अदालत दीपायलले कैलाली जिल्ला अदालतले गरेको फैसलालाई उल्टाउँदै टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको छ । वरिष्ठ न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सीताराम मण्डलको इजलासले बिहीबार उक्त फैसला गरेको उच्च अदालत दिपायलकी रजिस्ट्रार सीता रेग्मीले जानकारी दिइन् ।

२०७२ भदौ ७ गते टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको थियो । छ । उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले बिहीबार सो घटना सम्बन्धी मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत दीपायलले आठ जनालाई जन्मकैदको फैसला सुनाएको छ । उच्च अदालतले प्रतिनिधि सभा सदस्य रेशम चौधरी, हरीनारायण चौधरी, प्रदीप चौधरी, बिर बहादुर चौधरी, राजेश चौधरी, सिताराम चौधरी, गंंगाराम चौधरी र लक्ष्मण चौधरीलाई जन्मकैदको सजाय सुनाएको प्रवक्ता राजेन्द्र लुईटेलले जानकारी दिए ।

जन्मकैद सुनाईएका लक्ष्मण थारुलाई यसअघि कैलाली जिल्ला अदालतले तीन वर्षको सजाय सुनाएको थियो । सोही फैसला अनुसार तीन वर्ष कैद भुक्तान गरेपछि लक्ष्मण थारु कारागार मुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।