0 COMMENTS

काठमाडौँ२७कार्तिक २०७७- सत्तारूढ नेकपाका बहुमत सचिवालय सदस्यको दबाबपछि प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका छन्।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका पाँच नेताको दबाबपछि ओलीले शुक्रबार अपराह्न ४ बजे बैठक डाकेका हुन् ।महासचिव विष्णु पौडेलका अनुसार दुई अध्यक्षको सहमतिमा शुक्रबार अपराह्न ४ बजे बालुवाटारमा बैठक बस्न लागेको हो ।

पार्टीभित्र विवाद चर्किएपछि सबै समस्या सामूहिक छलफलबाट टुंग्याउने भन्दै दाहालले ओलीलाई बैठकको प्रस्ताव गर्दै आएका थिए । तर, सहमतिपछि मात्रै बैठक राख्ने नत्र पार्टी नै फुटाउनेसम्मको चेतावनी ओलीले दिएपछि बहुमत सचिवालय सदस्यले बैठकको माग गरेका थिए ।

एकलौटीरूपमा राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध ल्याइएको अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीले भेटेको भन्दै दाहाल-नेपाल पक्ष ओलीसँग असन्तुष्ट छ ।

सरकारले महत्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय प्रधानमन्त्री ओलीले पालना नगरेको दाहाल-नेपाल पक्षको आरोप छ ।

तर, पार्टी काममा केन्द्रित हुने पर्ने दाहालले सरकारले गर्ने स-साना काममा पनि हस्तक्षेप गर्न खोजेको ओली पक्षीय नेताहरू बताउँछन् ।

विवाद बढ्दै गएपछि ओली समूह सम्झौतामा फेरि अर्को संकट टार्ने कसरतमा छ भने दाहाल-नेपाल समूह ओलीकाविरूद्ध बहुमतबाट निर्णय गर्ने तयारीमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।