0 COMMENTS

काठमाण्डाै २०७६ कार्तिक १७  इन्डियन स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमण सम्बन्धी सबै कार्यक्रम रद्द गर्नुपर्ने विषयमा २०७६ कार्तिक १७ गतेका दिन ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालद्वारा हस्ताक्षरित प्रेसविज्ञप्ति जारी गरेको छ।

जारी विज्ञप्तिमा लेखिएको छ:इन्डियाली सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमणसम्बन्धी सबै कार्यक्रम रद्द गर्नुपर्ने विषयमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको प्रेसविज्ञप्ति

नेपाल सरकार , मन्त्रिपरिषद्ले इन्डियाली स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानीले सम्मान गर्न यही कार्तिक १९-२१ गतेका लागि निमन्त्रणा गरेको विषयप्रति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ ।

इन्डियाली सेनाध्यक्ष नरवाणेलाई नेपाल सरकारले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानीले सुशोभित गर्ने जुन निर्णय गरेको छ, त्यो नेपाली जनता , नेपालको संसद् र नेपाली सेनाको वीरतापूर्ण ख्यातिको खुला अपमान हो । २०७६ कार्तिक १६ गते इन्डियाले नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको जमिन उसको राजनीतिक नक्सामा राखेको र सोही नेपाली भूभागमा चीनको तिब्बत हुँदै मानसरोवर जाने मार्ग जोड्ने सडक निर्माण गरी नेपालको सार्वभौमसत्ता र भूअखण्डतामाथि प्रहार गरेकोमा नेपालमा त्यसको तीव्र विरोध भएको घटनाप्रति लक्ष्यित गर्दै यो विरोध चीनको उक्साहटमा भएको र त्यो भूमि इन्डियाको भएको भनी धम्कीपूर्ण सार्वजनिक अभिव्यक्ति दिएका नरवाणेलाई सम्मानित गर्ने निर्णय खेदजनक भएकाले ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा यसको घोर भर्त्सना गर्दछ । नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानमा चोट पुर्याउने शत्रुको पाउमा नेपालको शिर निहुर्याउने नेपाल सरकारको बाध्यता के हो ,नेपाली जनता जान्न चाहन्छन् ।

करिबकरिब निश्चित भैसकेको नरवाणेको नेपाल अागमन शङ्कास्पद , अापत्तिजनक र विस्मयकारी भएकाले मोर्चा यो भ्रमण रद्द गर्न माग गर्दछ । यसका साथै नेपालका प्रधान सेनापति र इन्डियाली सेनाध्यक्षलाई एकअर्को देेशको सेनाको मानार्थ महारथी दर्जा लिनेदिने गलत परम्पराको अन्त्य गरी नेपाली सेनालाई इन्डियाली नेपाली सेना भएको अारोपबाट मुक्त राख्न पनि मोर्चा सरकारसँग अाग्रह गर्दछ । सरकारले यसको उपेक्षा गरेमा नरवाणे नेपाल सरकारका मात्रै अतिथि हुने र यसबाट नेपाल सरकार नरवाणेको नेपालको भूअखण्डताविरुद्धको अभिव्यक्तिको समर्थनमा रहेको र लिम्पियाधुरा-कालापानी-लिपुलेकमाथिको दाबीबाट पछि हटेर सरकार स्वयम् राष्ट्रिय अखण्डताविरुद्ध गएको स्पष्ट हुनेछ ।

फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
काठमाडौँ , नेपाल
मिति : २०७६ कार्तिक १७

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।