0 COMMENTS

काठमाडौं, कार्तिक १
नेपालमा कोरोना भाइरसको संक्रमणबाट बृद्धअवस्थाका व्यक्तिको मृत्युदर बढी देखिएको छ । तथ्यांकअनुसार मृत्यु हुनेमा ६१ देखि ७० वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा धेरै रहेको पाइएको हो।

कुल मृतकको संख्यामध्ये १ सय १८ पुरुष र ४६ महिला गरी १ सय ६४ जना ६१ देखि ७० वर्ष उमेर समूहका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यसमा पनि मृत्यु हुनेमा पुरुषको संख्या बढी छ।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको शुक्रबार साँझसम्मको तथ्यांक अनुसार ५ सय ८ पुरुष र २ सय ७ महिला गरी ७ सय १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

५० देखि ६० वर्ष उमेर समूहका ९७ पुरुष र ३३ महिला गरी १ सय ३०, ७१ देखि ८० वर्ष उमेर समूहका ८१ पुरुष र ३९ महिला गरी १ सय २०, ४१ देखि ५० वर्ष उमेरका ७५ पुरुष र २१ महिला गरी ९६ जनाको मृत्यु भएको तथ्यांक छ।

यस्तै, ३१ देखि ४० वर्ष उमेरका ५७ पुरुष र २३ महिला गरी ८०, ८० वर्ष माथिका ५१ पुरुष र २५ महिला गरी ७६, २१ देखि ३० वर्ष उमेरका १८ पुरुष र १० महिला गरी २९, ११ देखि २० वर्ष उमेरका ७ पुरुष र ६ महिला गरी १३ र १० वर्ष उमेरसम्मका २ पुरुष र ५ महिला गरी ७ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार बागमती प्रदेशमा मृतकको संख्या सबैभन्दा धेरै र कर्णालीमा सबैभन्दा कम छ। बागमतीमा ४४ दशमलव ५ प्रतिशत, प्रदेश २ मा २० दशमलव ३ प्रतिशत, लुम्बिनीमा १४ दशमलव ३, प्रदेश १ मा १२ दशमलव ९, गण्डकीमा ५, सुदूरपश्चिममा २ दशमलव १ र कर्णाली प्रदेशमा १ प्रतिशतको मृत्यु भएको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।