0 COMMENTS

काठमाडौँ, २१ असोज । चिकित्सा शिक्षा सुधारका माग राख्दै २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ।

डा.केसीको उपचारमा संलग्न रहेका चिकित्सकहरूले बुधबार बिहान डाक्टर केसीको स्वास्थ्य बिग्रँदै गएको बताएका छन् ।उपचारमा संलग्न चिकित्सकहरुका अनुसार डा. केसीको रक्तचाप घटेर ७०र५० पुगेको छ । यस्तै केसीको शरीरमा थकान, रिंगाटा लाग्ने, मुटुको धड्कन अनियमित, मांसपेशी दुखाइको समस्या आउनुको साथै डाक्टर केसीको शरीरमा अक्सिजनको मात्रा पनि घट्दो छ।

केसीको उपचारमा रहेका चिकित्सकहरू डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आन्तरिक परामर्शमा छन्।यसअघि अनसन बसेका बेला डाक्टर केसीलाई इलेक्ट्रोलाइटस् दिने गरिएको भए पनि यसपटक उनले त्यसलाई लिन मानिरहको छैनन् ।उपचारमा संलग्न चिकित्सकहरुले डा.केसीलाई आइसीयुमा राख्न सुझाव दिए पनि डा. केसीले मानेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।