0 COMMENTS

काठमाडौं१७, असाेज ०७७/काठमाडौं उपत्यकामा एकै दिन १ हजार बढी कोरोना संक्रमित भेटिएका छन्। गत २४ घण्टामा भेटिएका २ हजार १ सय २२ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार १ सय ७७ संक्रमित भेटिएका हुन्।

काठमाडौं, भक्तपुर र ललितपुरमा गरी १ हजार १ सय ७७ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा मात्र १ हजार १ जना संक्रमित भेटिएका छन्। भक्तपुरमा ६७ र ललितपुरमा १ सय ९ जनामा कोरोना पुष्टि भएको छ।

उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २७ हजार ९ सय १८ पुगेको मन्त्रालयले जनाएको छ। काठमाडौंमा २२ हजार ६ सय ७४, ललितपुरमा २ हजार ७ सय ९६ र भक्तपुरमा २ हजार ४ सय ४८ संक्रमित पुगेका छन्। यसअघि शुक्रबार काठमाडौं उपत्यकामा हालसम्मकै बढी १ हजार ६ सय ३८ जनामा कोरोना भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।