0 COMMENTS

काठमाडौं, १३ असोज । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिमण्डल पूनर्गठनबारे ठोस सहमति हुन सकेन । पछिल्लो समय अध्यक्षद्धयबीच मन्त्रिमण्डल पूनर्गठनबारे लगातार छलफल भैरहेको छ ।

प्रधानमन्त्री ओलीले कार्यसम्पादन राम्रा भएका मन्त्रीहरुलाइृ हटाउन नहुने अडान लिएका छन् । तर, दाहालले अधिकांशलाइृ हटाउनुपर्ने बताएका छन् । राष्ट्रियसभा सदस्यहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई पनि मन्त्री बनाईनुपर्ने दाहालको जोड छ । हालै बसेको नेकपा सचिवालय बैठकले मन्त्रिमण्डल पूनर्गठन र पार्टी एकताका बाँकी काम सम्पन्न गर्नको लागि अध्यक्षद्धय ओली र दाहाललाई जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।