0 COMMENTS

काठमाडौं, असोज ६ /एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्।

दुई पार्टीबीच एकिकरण गर्ने सहमति भएपनि चुनाव चिन्ह गाई बनाउने वा हलो भन्नेमा विवाद रहँदै आएको छ। विवादका कारण एकिकृत पार्टी अहिलेसम्म निर्वाचन आयोगमा दर्ता हुन सकेको छैन्।

पार्टीका तीन अध्यक्ष कमल थापा, पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले आइतबार चुनाव चिन्ह हलो बनाउने सहमति गरेका हुन्।अध्यक्षमध्येका एक कमल थापाले आफ्नो ट्वीटरमा चुनाव चिन्हमा सहमति भएको जनाएका छन्।

‘हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति ‘गाई’ उपयुक्त चुनावचिन्ह हो। तर,पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो। परिस्थितिजन्य यो बाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका साथी/शुभचिन्तकहरुमा अपिल गर्दछु।अब राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागौं’, मंगलबार विहान ट्विट गर्दै उनले भनेका छन्।ट्विटमा उनले आफू नेतृत्वको गाईं अंकित पार्टीको झण्डा समेत पोस्ट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।