0 COMMENTS

काठमाडौं२९भदौ  २०७७ /मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार सोमबार मनसुनकोे न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेको छ ।

न्यून चापीय रेखाको प्रभावका कारण हाल देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरु र अन्य प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ ।

यसैगरी, महाशाखाले दिउँको मौसमको अवस्था सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

भने, प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहने पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।यता, प्रदेश १, वाग्मती प्रदेश , गण्डकी प्रदेश , प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।