0 COMMENTS

काठमाडौं  २९ भदौ २०७७ । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९ सय रहेको छ भने तेजावी सुनको मूल्य ९६ हजार ४ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १३१० मा कारोबार भएकोमा आज तोलामा १० रुपैयाँ बढेर १३२० कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।