0 COMMENTS

रमिला बस्नेत,उदयपुर०६साउन०७७ / उदयपुरको बेलका नगरपालिकामा कोरोना भाइरस समदायमै फैलिएको छ । साउन ३ गते गरेको स्वाप संकलनको रिपोर्ट सोमबार अबेर आए अनुसार ८ जनामा कोरोनाको संक्रमण देखिएको छ । त्यसमध्ये ४ जना समुदाय स्तरका मानिस हुन् । संक्रमितहरु २ वर्षका बालिका देखि ७० वर्ष उमेरसम्मका रहेका छन् । उदयपुरमा अहिलेसम्म संक्रमितको संख्या ८५ पुगेको छ ।

यसअघि भारतबाट आएका नागरिकहरुमा मात्र देखिएको कोरोना भाइरसको संक्रमण समुदायका नागरिकमा पनि देखिएको छ । संक्रमित हुनेहरुमा बेलका नगरपालिका १ का १८ वर्षिय पुरुष, बेलका नपा ३ का ३० वर्षिय पुरुष, बेलका नपा ४ का २८ वर्षिय पुरुष र बेलका नपा ५ का ४० वर्षिय पुरुष रहेका छन् । उनीहरु वैदेशिक रोजगारबाट फर्केकाहरु हुन् । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार  बेलका नगरपालिका ९ का २ वर्षिय बालिका, उनका आमा २७ वर्षिय, बुवा ४० वर्षिय र सोही घरमा काम गर्ने ७० वर्षिय वृद्धामा पनि कोरोना देखिएको छ  ।

बालिकाको ७० वर्षिय हजुरबुवामा कोरोना देखिएपछि अन्यलाई चेक जाँच गराउँदा कोरोना पोजिटिभ आएको बेलका नगरपालिकाका स्वास्थ्य प्रमुख कमल चौधरीले बताए । उनका अनुसार गत विहिबार ७० वर्षिय वृद्ध सामान्य रुघाखोकी लागेपछि चेक जाँच गराउन विराटनगर जाँदा सवै रिपोर्ट ठिए आएपनि कोरोना चेज जाँच गराएर घर आएका थिए । तीन दिनपछि रिपोर्ट लिन जाँदा उनमा कोरोना देखिएपछि सिधै विपी कोइराला विज्ञान प्रतिष्ठान धरानको कोडिभ अस्पतालमा पठाएर उपचाररत रहेको स्वास्थ्य प्रमुख चौधरीले जानकारी दिए । उपचारको लागि विराटनगर लैजाने मोटर साइकल चालक र उनका श्रीमति बाहेक छोरा, बुहारी, नातिनी र काम गर्नेमा संक्रमण देखिएको छ ।

संक्रमित ७० वर्षिय वृद्धको परिवार रामपुर बजारका करिव १५० मिटर आसपासका बासिन्दा हुन् । प्रायः उनीहरुको परिवार रामपुर बजार आसपास अन्य व्यक्तिहरुसँग पनि घुलमिल गरेकोले अन्य व्यक्तिमा पनि कोरोना सरेको आशंका गरिएकोले अहिले बेलका नगरपालिकाको केही क्षेत्रमा सूचना जारी गरेर पसल, व्यवसाय र आवतजावत आवगमनमा निषेध गरिएको प्रवक्ता मोहन घिमिरेले जानकारी दिए । मंगलबारदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि रामपुर बजार, कमलबारी देखि पश्चिम र मूर्तिखोला पूर्व, त्रिवेणी चोकदेखि उत्तर र शुसिल सेढाईको घर देखिदक्षिणसम्म घरबाट बाहिर ननिस्किन र सुरक्षाको उपाय अवलम्बन गर्न मेयर दुर्गा कुमार थापाले सूचना जारी गरेका छन् । यसअघि पनि वडाध्यक्ष सहित दुई जना समुदायका मानिसमा कोरोना देखा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।