0 COMMENTS

प्रतिभा भट्टराई, सोमबार परेको औंसी तिथि लाई सोमबारे औँशी भनिन्छ। हरेक वार कुनै न कुनै भगवान सँग जोडिएका हुन्छन भने हरेक तिथि को पनि बेग्ला बेग्लै महत्त्व रहेको हुन्छ। कालका पनि काल, महाकाल मानिएका देवाधिदेव महादेव को प्रीय वार र पूजाआजामा समर्पित सोमबार अनि श्रावण महिना र त्यही समयमा परेको औंसी तिथि अत्यन्तै दुर्लभ संयोग हो।यस्ता संयोग हरु धार्मिक दृष्टिले अति नै शुभ मानिन्छन ।
यस दिन बिहान ब्रह्म मुहूर्त(विहान ४ वजे देखि ६ वजे सम्मको अवधि) मा उठेर कसै सँग नबोली वा कुनै काम नगरी सम्भव भए सम्म नदीमा र नभए घरैमा भए पनि स्नान गर्नु पर्ने धार्मिक विश्वास रहिआएको छ। यसो गर्दा हजार तीर्थ मा गएर स्नान गरेको पुण्य मिल्ने उल्लेख शास्त्र ले गरेको छ। नुहाउनु वा मुख धुनु हरेक व्यक्तिले सरसफाइका लागि पनि गर्नै पर्ने हुन्छ त्यसैले यसरी दुर्लभ संयोग परेका बेलामा मात्र नबोली विश्वासका साथ सो कार्य गर्दा यति धेरै फल मिल्ने हुँदा यस्ता कार्य गर्न बाट वञ्चित कोही पनि हुनु हुँदैन।
साथै नबोली स्नान गरिसके पछी सम्भव भए सम्म नजिक छ र सकिन्छ भने पिपलको वृक्ष को जल, पूजा सामाग्री र सौभाग्य का सामग्रीहरू अर्पण गर्दै दीप प्रज्वलन गरी ७,११,२१,५१, वा १०८ पटक सम्म ‘ओम नमो भगवते वासुदेवाय ‘, ‘ओम नम: शिवाय ‘ जस्ता मन्त्रहरू जप्दै परिक्रमा गर्नाले विवाहित महिलाहरुको शौभाग्य अखण्ड हुन्छ भन्ने विश्वास पनि गरिन्छ।
हरेक हिन्दु नारीले गर्व गर्ने आफ्नो सौभाग्य र त्यसको अटलताका लागि यो उपाय अति नै उत्तम भएकोले वर्षमा एक पटक वा दुई पटक सम्म पर्न सक्ने यस्ता सोमबारे औँशी हरुमा अटल विश्वास र आस्था का साथ धर्म शास्त्रमा उल्लेख गरिएका कुराहरूलाई पालन गर्नु पर्दछ। थोरै समय र भक्तिका साथ गरिने साना र कम खर्चिला कार्य हरुले पनि आफ्नो जीवनमा राम्रा क्षण हरु ल्याउन सहयोग पुग्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।