0 COMMENTS

काठमाडौं, २६ असार । नेपालमा ठूलो भूकम्प आउछ भन्दै अफवाह फैल्याउने ज्योतिष अर्जुन थापा पुन: पक्राउ परेका छन् । उनलाई अख्तियारको सहसचिव भन्दै ठगी गर्न हिडिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

थापाहित अन्य २ जनालाई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको बताइएको छ । ज्योतिष थापाको टोलीले नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भएको भन्दै चार करोड मागेका थिए । तर बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिलाएका थिए ।

उनीहरुलाई सोही ५० हजार लिने क्रममा पक्राउ गरिएको अख्तियार कार्यालय टंगालले जनाएको छ । यसअघि नेपालमा बिनाशकारी भूकम्प आउने भन्दै अफवाह फैल्याएर पक्राउ परेका उनी एक वर्षअघि मात्रै छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।