0 COMMENTS

प्रतिभा भट्टराई/रत्नजडीत रथ माथी बसेकी, तीन नेत्र, मणि र चन्द्रमा को मुकुट शिरमा धारण गरेकी चम्पा पुष्पको माला पहिरेकी, अनि पिताम्बर वस्त्र धारण गरी सुन जस्तै चम्किलो वर्ण भएकी दश महाविद्या (काली, तारा, धुमाबती,षाेडशी, भुवनेश्वरी, कमला, भैरवी, बगलामुखी,छिन्न मस्ता,ललित त्रिपुरा सुन्दरी) अन्तर्गत आठौं तथा शक्तिशाली महाविद्या,माता बगलामुखी को प्रिय बार विहीवार हो।

आफ्ना भक्त हरुको सच्चा भक्तिमा छिट्टै प्रसन्न हुने माता बगलामुखी को प्रिय रङ पहेंलो भएकोले उनलाई पिताम्बराको नामले पनि जानिन्छ। त्यसैले पहेंलो आशन मा बसी,पहेंलै वस्त्र धारण गरेर पहेँला फल,फूल ,मिठाइ, वस्त्र, सौभाग्य सामाग्री, बेसार, नरिवल लगायत केशर चन्दन आदि पुजा सामाग्रीले पूजा गर्दै जप पाठ र हवनले रातको समयमा साधना गर्दा, मानिसको जीवनमा आइपर्ने ऋण, रोग, शोक शत्रु,भय, दैवी प्रकाेप लगायत सम्पूर्ण समस्या हरु निराकरण भई सुख,शान्ति,समृद्धि, वैभव ,वादविवाद र मुद्धा मामिलामा विजय, बाकसिद्धि, शत्रु नाश, व्यापार तथा राजनीतिमा समेत सफलता हासिल गर्न सकिन्छ।

अन्याय, अधर्म, पाप र अनुचित कार्य मन् नपराउने न्याय की देवी बगलामुखी आफ्ना भक्त हरुको सबै प्रकारले कल्याण गर्ने हुनाले ऋषि मुनि हरुका साथै देवता हरुकी पनि आराध्य देवी मानिन्छिन्।।महाभारतको युद्ध मा विजय प्राप्त गर्न का लागि श्री कृष्ण काे आज्ञा अनुसार युधिष्ठिरले अनि रावण सँग को लडाइँमा विजय हासिल गर्न रामले समेत आराधना गरेको भनिएकी माता बगलामुखी को शक्ति, विश्वका सबै शक्ति मिल्दा पनि बराबर हुन नसक्ने कुरा पुराण हरुमा पनि सुन्न पाइन्छ।

जसरी समुन्द्र कै नजिक गए पनि आफूसँग पानी भर्ने भाँडा छैन भने पानी भर्न पाइन्न वा जत्रो भाँडा छ त्यति मात्र भर्न पाइन्छ त्यसै गरी एकाग्रता र पवित्रता का साथ माताको साधना मा अटल विश्वास का साथ लागि परे असम्भव लाई पनि सम्भव बनाउन सकिने र सर्वत्र सफलता हासिल गर्न सकिने कुरा शास्त्रमा उल्लेख गरिएको भए पनि धेरै जन्मको पुण्यको प्रभावले मात्र माताको उपासना गर्ने अवसर जुट्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।