0 COMMENTS

प्रतिभा भट्टराई/कुनै पनि धार्मिक, माङ्गलिक वा सुभ कार्यको थालनी गर्दा सबै भन्दा पहिला गणेश भगवान को पूजा गर्ने चलन छ। यसका बारेमा धेरै पौराणिक कथा हरु भेटिन्छन्। कतै बिष्णु भगवान ले उनलाई देवता हरु मध्ये अग्रगन्य हुने वर दिएको पाइन्छ त कतै शंकर भगवानले तर सबै देवता हरु ले पनि गणेश भगवान लाई नै प्रथम पूजनीय देव भनेर निश्चय गरेका छन्।

एकपल्ट देवता हरु बीच सर्वप्रथम कस्को पूजा हुनुपर्छ भन्ने बारेमा विचार विमर्श भइरहेको रहेछ। अनि सबैको सल्लाह अनुसार जो सबै भन्दा पहिला ब्रह्माण्डको परिक्रमा गरेर फर्कन्छ उसैको पहिले पूजा हुन्छ भनेर निर्णय गरिएको रहेछ। यो सुनेर सबै देवगण हरु आफ्नो आफ्नो वाहनमा चढेर परिक्रमा को निम्ति हिँडेछन। तब गणेश भगवान लाई भने आफ्नो पेट ठूलो अनि वाहन सानो मुसो भएका कारण परिक्रमा को लागि निस्कन गारो महसुस भए पछि मुसो सँगै सल्लाह माग्नु भएछ अनि मुसाले पनि आफ्ना बाबु आमाको परिक्रमा ब्रम्हाण्ड भन्दा कम नभएको बताए पछि त्यसै गर्न थाल्नु भएछ। जब गणेश भगवान ले सात पटक आफ्ना माता पिता को परिक्रमा गरी प्रणाम गरेर बस्नु भएको थियो तब अरु ब्रह्माण्डको परिक्रमा गर्न गएका देवताहरू फर्कनु भएछ।तब गणेश भगवान लाई त्यहाँ देखेर आश्चर्य मान्दै यसको रहस्य सोध्न थाल्नु भएछ। अनि गणेश भगवान को, मैले त आफ्ना माता पिता को परिक्रमा लाई नै ब्रह्माण्डको परिक्रमा भन्दा ठूलो मानेको छू भन्ने भनाई लाई शंकर भगवानले समर्थन गर्नु भएछ भने अरु सम्पूर्ण देवता हरु ले पनि यो स्वीकार गरेछन। यसरी त्यसै दिन देखि विघ्नहर्ता तथा संकट निवारक पनि मानिएका गणेश भगवान को प्रथम पूजाले शुभ कार्य हरु निर्विघ्नता पूर्वक वा बिना झन्झट पूर्ण हुने विश्वास गरिएको रहेछ।

यसका साथै जो कोहीले पनि सफा मन् ले भक्ति गरे विद्या, धन, पुत्र तथा मोक्ष समेत प्रदान गर्ने गणेश भगवान को संकट नाशक १२ नामको स्तोत्र यसप्रकार छ।

प्रणम्य शिरसा देवं, गौरी पुत्रं विनायकम्।
भक्तावासं स्मरेन्नित्यमायुष्कामार्थसिद्वये।।

प्रथमं वक्रतुण्डं च एकदन्तं द्वितियकम्।
तृतीयं कृष्णपिङ्गाक्षं गजवक्र् चतुर्थकम्।।

लम्बोदरं पञ्चमं च षष्ठं विकटमेवच।
सप्तमं विघ्नराजेन्द्रं धुम्रवर्णं तथाष्टमम्।।

नवमं भालचन्द्रं च दशमं तु बिनायकम्।
एकादशं गणपतिं द्वादशं तु गजाननम्।

द्वादशैतानी नामानि त्रिसध्न्यं य पठेन्नर:।
न च विघ्नभयं तस्य सर्वसिद्धिकरं परम।।

विद्यार्थी लभते विद्यां धनार्थी लभते धनम्।
पुत्रार्थी लभते पुत्रान् मोक्षार्थी लभते गतिम्।।

जपेत गणपतिस्तोत्रं षड्भिर्मासै: फलं लभेत।
संवत्सरेण सिद्धिं च लभते नात्र संशय:।।।।।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।