0 COMMENTS

काठमाण्डाै२९जेठ०७७/  कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण र उपचारको लागि सरकारद्वारा-सरकार (Government to Government- G to G) प्रकृयामार्फत खरिद गरिएका स्वास्थ्य सामग्री तथा उपकरणहरु सम्बन्धमा नेपाली सेनालाई विवादमा ल्याउने किसिमले विभिन्न संचारमाध्यमहरुमा प्रकाशित समाचारहरु प्रति नेपाली सेनाको गम्भिर ध्यानाकर्षण भएको गरीएकाे नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डा, काठमाडौं ले जनाएकाे छ।

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डा, काठमाडौं का अनुशार  राष्ट्रिय संकटको यस विषम् परिस्थितीमा राष्ट्रिय एक्यवद्धता हासिल गर्न राष्ट्रिय शक्तिका सम्पूर्ण श्रोतहरुलाई समन्वयात्मक र एकजुट रुपमा Whole of Nation Approach अबलम्बन गर्दै परिचालन गर्न अत्यावश्यक देखिएको अवस्थामा राष्ट्रिय संयन्त्रको एक महत्त्वपूर्ण अंगको रुपमा रहेको नेपाली सेनाबाट प्रचलित प्रक्रिया र मापदण्ड बमोजिम खरिद भएका सामग्रीहरुको मूल्यको तुलनाको आधारमा, विना तथ्य प्रमाण राष्ट्रिय सेनालाई आक्षेप लगाउन खोज्नु आफैमा अत्यन्त गम्भिर विषय हो ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६ चैत्र १६ गतेको कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण र उपचारको निर्णयबाट सरकारद्वारा-सरकार (Government to Government- G to G) प्रकृया बमोजिम स्वास्थ्य सामग्री र उपकरण श्री रक्षा मन्त्रायलमार्फत श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय र सिफारिसको आधारमा खरिद गर्ने म्याण्डेट प्राप्त भएको ।

 सोही बमोजिम तत्कालिन अन्तर्राष्ट्रिय बजार तथा स्वदेशी बजारमा स्वास्थ्य सामग्रीहरुको चरम अभाव भएको बिषम् परिस्थितिमा समेत पारदर्शिताका साथै उच्चस्तरीय मितब्ययिता अपनाउन नेपाली सेनाले सरकारद्वारा-सरकार (Government to Government- G to G) प्रकृयामार्फत सम्बन्धित देशको सरकारी प्रतिनिधी मात्रको प्रयोग गरी कमिशनरहित रुपमा प्रत्यक्ष कारोवार गर्न तथा अनियमितताका सबै सम्भावनाहरुलाई निरुत्साहित गर्ने रणनीति अनुरुप आन्तरिक खरिद निर्देशिका समेत जारी गर्नुका साथै सार्वजनिक खरिद ऐन २०६३ को परिच्छेद २ को नियम १६ मा आधारित रही सबै सरोकारवालाहरु (प्रतिनिधि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रक्षा मन्त्रालय तथा आमन्त्रित विज्ञहरु) सम्मिलित खरिद इकाई र गुणस्तर निरीक्षण उपसमिति गठन गरी खरिद कार्य सम्पन्‍न गरिएको

अन्तर्राष्ट्रिय तथा आन्तरिक बजारमा गुणस्तर प्रमाणित गर्न नसकिने बिभिन्न सामग्रीहरु फरक फरक मूल्यमा उपलब्ध भैरहेको अवस्थामा नेपाली सेनाले फिल्डमा खट्टिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत अन्य ब्यक्तिहरुको सुरक्षालाई समेत सर्वोपरी राखी मित्रराष्ट्र चीन सरकारबाट मिति २०७७ चैत्र २८ गतेबाट लागू गरिएको National Medical Product Administration (NMPA) बमोजिमको मान्यता प्राप्त सामग्रीहरु मात्रै आयात गर्ने ब्यवस्था मिलाईएको । विषम् परिस्थिती, माग र आपूर्तिको फरक परिवेश र गुणस्तर जस्ता विषयहरु तुलना गर्न सकिदैन । पारदर्शिताको लागि मित्रराष्ट्र चीन सरकारबाटै तोकिएको सरकार नियन्त्रित कम्पनी (China Sinopharm International Corporation) बाट प्राप्त सरकारी मूल्यसूचिलाई नेपाल सरकारका सम्बद्ध सबै निकायहरु- श्री रक्षा मन्त्रालय, श्री परराष्ट्र मन्त्रालय र श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयहरुसंग समन्वय र सहमती लिई नेपाल सरकारको स्वीकृत प्राप्त भए पश्चात् खरिद गरी प्राप्त सामग्रीहरु हाल बिभिन्न प्रदेशहरुमा बितरणको कार्य समेत
भइरहेको ।

महामारीको यस घडिमा नेपाली सेनाले सदा झैं नेपाल सरकारबाट प्राप्त जिम्मेवारीहरुलाई पूर्ण पारदर्शिताको सिद्धान्त अवलम्वन गर्दै विद्यमान आर्थिक ऐन, नियम तथा अन्तर्राष्ट्रिय अभ्यासहरुको समेत पूर्णतया पालना गर्दै समय र परिस्थितिको माग अनुरुप सम्पूर्ण सरोकारवाला मन्त्रालयहरुसँगको समन्वय, सहमति र नेपाल सरकारको स्वीकृतीमा कार्य सम्पादन गरेको । नेपाल र नेपालीले व्यहोरेको हरेक विपत्तिहरुमा आम-नागरिकको साथ र सहयोगमा नेपाल सरकारका सबै निकाय र संघसंस्थाहरु तथा
नागरिक समाजसँगको सहकार्यले कोभिड-१९ संकट व्यवस्थापनको यो राष्ट्रिय लडाई पनि सफलतापूर्वक जित्‍न सकिने कुरामा नेपाली सेना विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।