0 COMMENTS

कुनैपनि राष्ट्रको संरक्षण र सम्बर्द्धनकोलागि राष्ट्रवाद अपरिहार्य हुन्छ ,मुलत उस्को अस्तित्व रक्षाको लागि यो अनिवार्य हो।राष्ट्रवादले राष्ट्रियताको जगेर्ना गर्दछ।राष्ट्रको परिकल्पनाको प्रारम्भ भुगोलबाट हुन्छ अर्थात बिना भूगोलको राष्ट्र हुँदैन।यो प्रमुख आधार हो र समष्टिमा त्यो भूगोलको चौहद्धि भित्रका नागरिक, जाति, धर्म, भाषा, संस्कृति ,सम्पदा, सभ्यता ,मुल्यमान्यता, जिविका,स्वाभिमान र गौरव समेत नै राष्ट्र हो।

पृथ्वी उत्पत्तिभएको लामो अन्तरालपछि मानिसको अविर्भाव भयको हो र मानिसले पनि धेरै प्रयोग र अनुभवबाट राष्ट्र,राज्यको अवधारणा बिकसित गरेको हो।समकालीन मानव सभ्यताले पुरै धरतीलाई बिभिन्न राष्ट्रियतामा बिभाजित गरेको छ र त्यो मध्ये हाम्रो राष्ट्र नेपाल हो भने राष्ट्रियता नेपाली हो।
हाम्रो राष्ट्र र राष्ट्रियताको ब्यूहरचनाकार बडामहाराज पृथ्वि नारायण शाह हुन्, त्यसैले बास्तबिक नेपाल राष्ट्र भनेको उनको बंसज शाहबंशीय राजा र नेपाली नागरिकको समष्टि नै हो।
इतिहासमा नै यतिखेर हामी संकटपूर्ण अवस्थामा छौ।प्रथमतः हाम्रो राष्ट्रिय एकता र राष्ट्रियता कमजोर भएको छ भने अर्को बिश्वव्यापी महाव्याधि कोरोना महासंक्रमणको चपेटामा परेका छौ।फलस्वरुप अर्थतन्त्र धराशायी-चौपट भएको ,रोग भुसको आगो जस्तो भित्रभित्रै सल्किएर अनियन्त्रित हुनगएको, कहालिलाग्दो बेरोजगारी बढेको, महङ्गि अभाव र भोकमरीको कारण हत्या, आत्महत्या, आत्मदाह बढेको छ।मुलुक भित्र जनता भ्रष्टाचार ,अनियमितता, बेथिति ,बिसंगतिले आक्रान्त छन ,समाजमा अस्थिरता र अनिश्चितता व्याप्त छ।
ठिक यहीबेला छिमेकी राष्ट्र भारतले हाम्रो पश्चिम सिमानाको कालापानी लिपुलेक र लिम्पियाधुरा गरेर ३७२ वर्ग किलोमिटर जमिन हडप्दै आफ्नो सम्प्रभुताको दावि गर्दै एकतर्फी रुपमा नक्सा भित्र पारी मानसरोवर जाने बाटो बनाई उद्घाटन गरेको छ। नेपालले बार्ताको लागि बारम्बार पहल गरेपनी हुन सकिरहेको छैन र नागरिक तहबाट परेको अत्याधिक जनदवाव ले सरकार नयाँ नक्सा सार्वजनिक गर्न बाध्य भएको हो।

बिसं २०६२ सालमा नेपालका दलियनेताहरुले दिल्लीमा बाह्रबुँदे नामको एउटा सहमति गरेका थिए,त्यो सहमति कथित जनयुद्ध को परिबेशमा गरिएको थियो र त्यो सहमति अनुसार तथाकथित जनआन्दोलन गरे।त्यो जनयुद्ध भनिएको हिंसा र जनआन्दोलनको प्रायोजन, परिचालन, दिल्लीको थियो भन्ने जनमानसमा प्रमाणित भैसकेको छ र अर्का पश्चिमा क्रिश्चीयनहरुले ठुलो लगानी गरेको पनि छताछुल्ल प्रमाणित छ।
आलोचनात्मक चेत कम भएको नेपाली जनतालाई कहिले प्रजातन्त्रको नाममा कहिले समाजवाद, साम्यवाद त कहिले संघिय गणतन्त्रको नाममा भारत र तिनका नेपाली मतियार दलका दलाल नेता मार्फत नेपाली भुमि र प्राकृतिक जल, सम्पदाको दोहन सदा गर्दै आइरहेका छन र पश्चिमाहरु हाम्रो धर्म संस्कृति बिनास गर्ने, खनिज दोहन गर्ने र सामरिक स्वार्थको लागि सक्रिय छन।तर नेपाली जनताको लागि लोकतन्त्र,समाजवाद कहिल्यै आएन,झन नेपाल राष्ट्र कंगाल र नेपालीजनता  असहाय,बेहाल भए।
तर बाह्यशक्तिको बुई चढि आएको यो दलालसत्ता दुनियाका अन्य असफल सत्ता जस्तै आफ्नो असफलता देख्दैन र जनतामा अझ झुटको खेती गर्दै आफ्नो आयु लम्ब्याउने चक्करमा छ।न्यायालय , ब्यबस्थापिका ,प्रहरी ,प्रशासन, अख्तियार लगायत संबैधानिक निकाय नेताको नियन्त्रणमा पारिएका छन।एमसिसि जस्ता राष्ट्रघाती परियोजना भित्र्याउने खेलमा लिप्त छन।

नागरिकता, गुठी, मानवअधिकार,प्रेस, सामाजिक सन्जाल, अभिब्यक्ति लगायत कयौ जनघाती तथा राष्ट्रघाती बिलहरु कस्को स्वार्थमा आयो भन्ने प्रश्न अनुत्तरित छ।
तसर्थ यो संकटको घडीमा सुविचारित र परिपक्व ब्यवहार द्वारा
राष्ट्रको अस्मिता र अस्तित्व अनि आफ्नो भाग्य र सुनिश्चित भविष्यको पुनर्रेखांकन गर्नु पर्ने दायित्व देशभक्त राष्ट्रवादी शक्तिमा आएको छ।
मानिसको पहिलो परिचय नै राष्ट्रियताबाट हुन्छ ।हरेक नागरिकलाई उस्को जिविकाको बाटो लगाउनु राष्ट्रको धर्म हो,त्यस्कोलागी आवश्यक शिक्षा,शिप,दक्षताले नागरिकलाई परिपूर्ण पार्नुपर्छ ।नागरिक कमजोर भयो भने राष्ट्र बलियो हुदैन ।अहिले नागरिक प्रति राज्य उदासीन छ।त्यसैले यस्ता दलाल सत्ता बिस्थापन गरि , राष्ट्रिय एकतालाई सुदृढ पार्दै ,हाम्रा अग्रज र पुर्खाको बलिदानबाट निर्मित हाम्रो मुलुक जोगाउदै ,फेरी एकपल्ट विरता, साहस र बुद्धिमत्ता पर्दसन गर्दै राजतन्त्रको पुनर्स्थापना सहित नेपाली राष्ट्रवादको बिगुल घन्काऔ !

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।