0 COMMENTS

हेटौँडा, १४ जेठ०७७/हेटौँडामा एक महिलामा कोरोना सङ्क्रमण देखिएको छ । हेटौँडा–१ चौकीटोलकी २५ वर्र्षीया महिलाको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय कोभिड–१९ का प्रवक्ता पुरुषोत्तम सेढाईँले जानकारी दिनुभयो । उहाँका अनुसार ती महिलाको हेटौँडास्थित कीटजन्य रोग तथा प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ ।

सङ्क्रमित महिलाको चौकीटोलस्थित घर वरिपरि सिल गर्नुका साथै सम्पर्कमा रहेका व्यक्तिको खोजी भइरहेको वडा नं १ का वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिनुभयो । ती महिलाको स्वास्थ्यावस्था सामान्य रहेको र उपचारका लागि भरतपुर पठाइएको बताइएको छ । हेटौँडामा अहिले लकडाउन कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।