0 COMMENTS

अहिले पनि स्तनको दुईभागदेखि नाइटोसम्म प्रष्ट छुट्टिने कपडा लगाएर महिला दिदीबहिनीहरु ठूल्ठूला अवार्ड फङ्सनमा गइरहनुहुन्छ । मेरो सन्दर्भमा चाहिँ त्यो फोटो नाङ्गो थिएन । वस्त्र प्रयोग गरेर छोप्नुपर्ने भाग छोपेर देखाउन मिल्नेसम्म देखाइएको हो । त्यसैले यो कुनै अश्लिल र नाङ्गो फोटो होइन भन्ने म संग मजबुत तर्क छ ।

12417678_1256919820990987_910433942034727842_n
शुभेच्छा थापा (अभिनेत्री)
sub
शुभेच्छा थापा (अभिनेत्री)

नेपाली कलाकारहरुले हलिउड बलिउडसंग प्रतिष्पर्धा गर्न सकेनन्, भन्ने एउटा धारणा छ अर्को हाम्रो संस्कृतिमाथि अलिकतिपनि प्रहार नहोस् । अलिकतिपनि यताउता नहोस् । संस्कार संस्कृति नछाडुन् भन्नेछ । यी दुई धारणाको माझमा हामी छौ ।
बिन्दास–३ को पोष्टर डिजाइनको फोटोसुट थियो, हामीसँग जम्माजम्मी २ घण्टा समय थियो । त्यसपछि बत्ति जान्थ्यो । अनेकपटक ड्रेस चेन्ज गरेर फोटोसुटको डिजाइन गर्दा समय धेरै लाग्ने अवस्था थियो । बिन्दास–१, बिन्दास–२ को एउटा–एउटा फोटोचाहिँ चर्चामा आउने गरेको थियो । यहि निरन्तरताले पनि हाम्रो टिममा एउटा छुट्टै र भिन्न प्रकारको फोटो बिन्दास–३ का लागि बनाउनै पर्ने दवाव थियो ।
बिन्दास आफैँमा हिट ब्रान्ड हो, पहिलो र दोश्रो सफलताले पनि बिन्दास–३ का लागि एउटा त्यस्तो फोटो खिचौं जसका कारणले दर्शकहरु हलसम्म आउनुहोस् भन्ने हामीले ठान्यौँ । लामो छलफलपछि बिन्दास ३ लाई पनि एउटा हट र ग्लामरस फोटोसुट गराऔं भन्ने सबैको धारणा रह्यो । खादा माथिल्लो भागमा लगाउँदा केहि फरक पर्दैनथ्यो, सम्मानजनक रुपमा यसको प्रयोग गर्नुपर्छ भन्नेमा हाम्रो ध्यान गएको पनि हो । हामीले यसैविषयमा निक्कै समय छलफल पनि गरेका थियौं । छलफलकै क्रममा एकजना साथीले तल्लो भागमा लाएर फोटोसुट गर्दा खादाजस्तो देखिँदैन भन्नुभयो । अर्को साथीले खादामा मुर्तीहरु अंकित छैन, फोटो लिँदा त्यस्तो फरक नपर्ला भन्नुभयो । म स्वयंले पनि यसबारे हाम्रो टिमलाई सचेत गराएकी थिएँ । खादालाई एउटा समुदायमा पवित्र वस्तु मानिन्छ । मैले पटकपटक पछि समस्या पर्नसक्छ , यसतर्फ सजक रहौं भनेंकी थिएँ । अन्तिममा हामी सबैले फोटोमा खादाजस्तो देखिँदैन भनेर ठूलो र संवेदनशिल बिषयलाई एकदमै सामान्य ढंगले सोच्ने काम भयो । यो गल्ती थियो । तर हामी एउटा साँच्चै ग्लामर फोटो निस्कियो भनेर मख्ख पर्यौ ।
फेरीपनि म दोहो¥याउन चाहन्छु– हामीभित्र कसैको धार्मिक आस्थामाथि प्रहार गर्ने कल्पनासम्म पनि थिएन । अहिले एकथरी जनजाती समुदायका केहि मान्छेहरुलाई सुभेच्छा थापा हिन्दु ब्राह्मण हो, उसले जनजातीको आस्था र सांस्कृतिक मुल्यलाई अवमुल्यन गरेकी छ भन्ने पर्न गएछ । मेरो फिल्म बहिष्कारको कुरापनि त्यही चिन्तन बोक्ने केही साथीहरुबाट आएको छ । यसमा म के प्रष्ट पार्न चाहन्छु भने यो विषयले ठूलो विवादमा परेपछि मैले बौद्ध धर्मावलम्वीसँग लगातार तीनदिन सम्म छलफल गरेँ । उहाँहरुले प्रतिष्ठित र ठूल्ठूला संस्था चलाउनु भएको छ । छलफल पनि मैले बौद्ध स्तुपामा बसेर गरेकी थिएँ । उहाँहरुले मलाई के भन्नुभयो भने,‘ बौद्ध धर्ममा क्षमा भन्ने अत्यन्त सुन्दर अवधारणा छ । यस्ता गल्ती घरीघरी भइरहन्छन् नेपालमा । तपाईले यो घटनापछि पनि आफ्नो अहम् प्रदर्शन गरेर मिडियाबाजी गर्नुभएको भए हामीलेपनि फरक रुपमा सोच्नुपथ्र्यो । एउटा फोटोमा अनजानवश दुर्घटना हुन गएकाले तपाईले क्षमा पाउनुहुन्छ ’ भन्नुभयो । उहाँहरुले मलाई थप के सुझाव दिनुभयो भने,‘हृदयबाटै गल्ती स्वीकार गरेकाले भगवानसंग माफी माग्नुस्’ भनेर । मैले उहाँहरुकै सल्लाह र सुझाव अनुसार क्षमा पुजासमेत गरिसकें ।
कहिलेकाँहि गल्ति हुन सक्छ । यो बिषयमा मैले उहाँहरुलाई कन्भिन्स गराइसकेको पनि छु । कसैको धर्मलाई पनि अवमुल्यन गर्ने गरि नियतवस मैले यो गल्ती गरेकी हैन । मैले आजसम्म मेरो धर्म उच्च र उत्कृष्ट, अरुको धर्म चाहिँ निम्नस्तरको भनेकी छैन । भन्ने पक्षमापनि छैन । मेरो बिषयलाई लिएर पछिल्लो समय आएको बिवाद नै फोटो केन्द्रित छ । फोटोमा झल्किएको बिषयलाई लिएर विवाद देखिएको साँचो हो । तर फोटोमा देखिएका बिषयका अनेक कारण हुनसक्छन नी । सानो लापरबाहीले गर्दा यो दुर्घटना भयो । मोडलका रुपमा मैले दिएको प्रस्तुती एउटा गल्ती थियो तर यो कुनै नियतवश गरिएको गल्ती नभइ भुलवश भएको दुर्घटना हो । एउटा सत्य के हो भने हामीले खादामा भगवानको मुर्ती देखेनौं, यसलाई सामान्य रुपमा एउटा कपडा हो भन्ने ठान्यौं र यही बुझाइ हाम्रो लापरबाही हुन गयो, सानो लापरबाही तर घटना ठूलो भइदियो । यो बिषयमा मैले परिवारलाई सहज रुपमा बुझाएँ तर समाज परिवार जस्तो नहुने रहेछ । अनेक सोच र चिन्तनका मानिसहरु रहने भएकाले ऐले मलाई आफ्नो सानो लापरबाहीको तथ्य समाजलाई बुझाउन गाह्रो भइरहेको छ । तर सम्बन्धित पक्षसंग, जसलाई यो घटनाले चित्त दुखायो उहाँहरुसंग मैले भित्रि मनबाट माफी पनि मागिसकें ।
कतिपय साथीहरुले सुभेच्छाले अश्लिल फोटो खिचेकाले उसलाई सडकमा नाङ्गै दौडाउनुपर्छ भनेर माग राखेको पनि सुनेकी छु । कतिपयले चाहिँ अश्लिल हर्कत गरेकाले उसलाई नाङ्गेझार पारेर सिस्नुपानी लाउनुपर्छ भनेर समेत बोल्नुभएको छ । मैले अघिनै भनिसकें, माफी मैले मागिसकें । तरपनि सिमित मान्छेहरुले यसरी खेदो खन्दाचाहिँ म स्तब्ध भएकी छु । होला म गलत भएँ, मैले गरेको काम अश्लिल नै भयो तर एउटा भुलवश गरिएको गल्तीलाई आधार मानेर सामाजिक सञ्जालमा मेरो तस्बिरलाई नग्न बनाएर किन पोष्ट गरिँदैछ बुझ्न सकेकी छैन । यस्तो कार्यचाहिँ कति श्लील हो बुझ्न सकेकी छैन । यो आगोलाई मैले निभाउन खोजेकी छु । तर किन आगोलाई अझै दन्काउन खोजिँदैछ ? म अचम्ममा छु । अब फोटो भाइरल भइसक्यो, यसलाई रोक्न सकिन्न । तर मैले यो फोटोलाई रोकौँ भनेर मिडियाकर्मी साथीहरुलाई पटकपटक अनुरोध गरिरहेकै छु । अहिले पनि स्तनको दुईभागदेखि नाइटोसम्म प्रष्ट छुट्टिने कपडा लगाएर महिला दिदिबहिनीहरु ठूल्ठूला अवार्ड फङ्सनमा गइरहनुहुन्छ । मेरो सन्दर्भमा चाहिँ त्यो फोटो नाङ्गो थिएन । वस्त्र प्रयोग गरेर छोप्नुपर्ने भाग छोपेर देखाउन मिल्नेसम्म देखाइएको हो । भलै त्यहाँ अनजानमा भगवानको वस्त्र प्रयोग भयो । त्यसैले यो कुनै अश्लिल र नाङ्गो फोटो होइन भन्ने म संग मजबुत तर्क छ ।
uuuहामी ग्लामरस क्षेत्रका मान्छे । पहिलो कुरा त यो क्षेत्रमा कुनै त्यस्तो यसै मात्र गर्नुपर्छ र यो चाहिँ गर्नैहुन्न भन्ने लक्ष्मणरेखा छ जस्तो लाग्दैन । दोश्रो कुरा ग्लामरस पफरमेन्सद्वारा अहिलेको समाज र नयाँ पुस्ताको चाहनालाई ख्याल गरेर दृश्यहरु दिनुपर्छ । आन्तरीक प्रतिष्पर्धापनि हामीभित्र तिब्र छ । प्रतिष्पर्धामा त्यो अब्बल हुन्छ जसले आम युवारुचिलाई समेट्न सक्छ । आफ्नो प्रष्तुतीले जसले चाहिँ हलसम्म दर्शक तान्न सक्छ उही नै सफल हो हाम्रो क्षेत्रमा । नेपाली समाजको एकखालको सामाजिक सांस्कृतिक चिन्तन भएपनि त्यो निरन्तर परिवर्तित हुन्छ । एउटा इन्टरनेटमा अभ्यस्त पुस्ताका लागि प्रोमो बनाउनुपर्ने अवस्था छ भने अर्को घरघरमा पारिवारिक माहोलमा बसेर हेर्नसक्ने दृश्यहरु निर्माण गर्नुपर्ने व्यवहारीक खाँचो छ । यो होडबाजीका बिचमा हामीले गरेको फोटोसुट चाहिँ इन्टरनेट हेरेर रमाउने वर्गप्रति परिलक्षित थियो । आज नेपाली फिल्म इन्डष्ट्रिका प्रत्येक निर्देशकको दिमागमा दुईखालका यिनै दर्शकलाई हलसम्म ल्याउर्नैपर्ने बाध्यता र मानसिकता छ । यो निर्देशकको मात्रपनि हैन हामी प्रत्येक फिल्मकर्मीको आजको चेतना नै यहि हो । त्यसका लागि बढि सिर्जनशिल हुनुपर्ने, नौलानौला प्रयोग गरिरहनुपर्ने हुन्छ । कहिलेकाँही हाम्रो सिर्जनशिलता दुर्घटित हुन समेत पुग्छ । यसपाली सिर्जनशिल हुनखोज्दा हामी दुर्घटित भयौँ ।
हाम्रो फिल्मले एडल्ट सर्टिफिकेट पायो । एडल्ट सर्टिफिकेट पाएपछि मैले खिचेको फोटोपनि सेन्सरबोर्ड बाट पास भयो । सेन्सरबोर्डका साथीहरुले पनि यसलाई ग्लामरकै रुपमा बुझ्नुभयो । फोटो पास भएपछि हामीलाई पनि यहि फोटोकै कारणले त्यस्तो फरक पर्दैन भन्ने लाग्यो । त्यसैले यहि फोटोलाई पोष्टरमा राख्ने सोच आयो । फोटो पास हुँदैनथ्यो भने हामीले त्यही फोटोलाई पोष्टर बनाउँदैनथ्यौँ । सबैतिरबाट पास भएपछि हामीलाई तल्लो भागमा लाएको खादा देखिँदैन र त्यसले अनावश्यक विवाद सिर्जना गर्दैन भन्ने लाग्यो । तर एक अनलाइनले पहिलोपटक सुभेच्छा थापाले चर्चा कमाउनकालागि खादाको दुरुपयोग गरिन् भन्ने समाचार लेखेपछि यसले एकखालको तरङ्ग सिर्जना गरेको हो ।
फेरीपनि म प्रष्ट शब्दमा भन्छु– खादाको उपयोगिता र धार्मीक मुल्य थाहा पाउँदापाउँदै म बाट लापरबाही भएकै हो । म स्वीकार्छु यसलाई । मैले हिजोपनि क्षमा मागें, फेरीपनि माग्न तयार छु । मेरो एउटै अनुरोध–कृपया यसलाई थप अतिरञ्जित नगरौं । विवाद अब नबढाऔं ।
राजु गिरी जी विवादित निर्देशक हो । आजभन्दा अघिपनि उहाँका प्रशस्तै विवादहरु आएका छन् । एक्लै लड्नुभयो उहाँले ती बिषयहरुमा । बजारमा हिरोइन नङ्ग्याउने निर्देशक भन्ने आरोप समेत रहेछ उहाँमाथि । अव यसले इन्डष्ट्रिलाई के फाइदा भयो, के घाटा भयो, त्यो आवश्यक थियो वा अनावश्यक यो गिरीजीले सोच्नुपर्छ । र दर्शकमा पनि राजु गिरीका फिल्म फिल्म हेर्दा केहि अतिरिक्त खुराक मिल्ने अपेक्षा हुँदोरहेछ । यसमा दर्शकले पनि त्यो अपेक्षा कति फाइदाजनक र आवश्यकीय हो सोच्नु पर्ला । मेरो एउटै सुभेच्छा गिरीजी माथी के हो भने एउटा समयमा उहाँले देखाएका सिपहरु उपयोगी थिए होलान् तर सँधै एउटै कौशल प्रयोग गरेर एउटै चिज दिएर पनि उहाँलाई त्यती धेरै लाभदायक नहोला ।
संघले मलाई निलम्बन गरेको छ । बौद्ध धर्मावलम्बी र आस्थावान श्रद्धालुलाई मैले लज्जित बनाएँ भन्ने कारण देखाएर । यसलाई मैले दुईकोणबाट हेरेकी छु । पहिलो संघ हामी समस्त फिल्मकर्मीको अभिभावक संगठन हो । उसका निर्णयहरु ग्रहण गर्नैपर्छ । उहाँहरुले हाम्रै कल्याणका लागि काम गर्नुहुन्छ । त्यसैले उहाँहरुको फैसलालाई हर्षका साथ स्विकार गरेकी छु । दोश्रो पाटोचाहिँ हामी फिल्मकर्मीलाई रक्षा, संरक्षण र हाम्रो आन्तरीक क्षमताको सम्बृद्धिका लागि अभिभावकत्व प्रदान गर्ने हो उहाँहरुले । म अहिले चौतर्फी आक्रमणको सिकार भएकी छु । सम्बन्धित पक्षसंग मैले क्षमायाचना गरिसकेकी छु । उहाँहरुले आधाआधी माफी चाहिँ दिइसक्नुभएको महसुस गरेकी छु । यस्तो बेलामा अझ बढि संघको साथ र अभिभावकत्व चाहिँदो रहेछ । यतातिर पनि उहाँहरुको ध्यान गएकै होला भन्ने ठानेकी छु ।
मैले ४२ वटा चलचित्र गरें हालसम्म । सबैभन्दा बढि विवादित चाहिँ मिस नेपाल बन्न पुग्यो । अहिले कलाकारितामा दुईकोणबाट अन्तरविरोध देखिएको छ । दर्शकहरुमा यिनीहरुले हलिउड बलिउडसंग प्रतिष्पर्धा गर्न सकेनन्, गर्न सकिदिए हुन्थ्यो भन्ने छ एउटा धारणा अर्को चाहिँ हाम्रो संस्कृतिमाथि अलिकतिपनि प्रहार नहोस् । अलिकतिपनि यताउता नहोस् । संस्कार संस्कृति नछाडुन् यिनीहरुले भन्ने पनि छ । हामीपनि यी दुई धारणाको माझमा छौ । थोरबहुत गाली सहेर पनि इन्डष्ट्रिको विकास हुन्छ भने सहिदिउँ भनेर हामीले लगातार तिखा तिखा गाली सहेकै छौं । हाम्रो उद्योगमा गाली नखाने कलाकार नै छैनन् । एउटा उदाहरण दिन्छु,, मिथीला शर्मा पुरानो, सभ्य र नेपाली समाजमा निक्कै मन पराइएको कलाकार हो । तर उहाँको बिवाहलाई लिएर सामाजिक सञ्जाल तिर गाली बेइज्यति गरेको पनि हामीले देख्यौं । गालीलाई सहेर हामीले गल्तीमा क्षमा माग्दै अघि जानुपर्छ मैले यसरी नै बुझेकी छु ।एस काठमाण्डाै

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।