0 COMMENTS

४ साउन, रौतहट/नयाँ संविधानको मस्यौदामाथि जनताका राय सुझाव संकलन गर्न रौतहट पुगेका नेकपा एमालेका नेता तथा सभासद माधवकुमार नेपालमाथि आक्रमण प्रयास भएको छ ।

madhav-nepal-with-onlinekhabar-2रौतहट निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने गौर नगरपालिकाको सभाहलमा नेता नेपालमाथि आक्रमण प्रयास भएको हो । कडा सुरक्षा घेराभित्र नगरपालिकाको सभाहलमा केही मान्छेहरुलाई बोलाएर नयाँ संविधानके मस्यौदामाथि छलफल गर्दै गर्दा माधव नेपाललार्इ लक्षित गरी कुर्सी र ढुंगामुढा प्रहार भएकाे थियाे ।  सीमित मान्छेहरुसँग सुझाव माग्न थालिएकाे भन्दै रौतहटका स्थानीय राजनीतिक दलले कडा विरोध गर्दै नेता नेपालमाथि कुर्सीले प्रहार गरेका हुन् । तर, हलबाट फालिएको कुर्सी नेता नेपाललाई लागेन ।

बिहानैबाट तनाव सुरु भएपछि सुझाव संकलन कार्यक्रम बिथोलिएको थीयाे ।रौतहट क्षेत्र नं १ अन्तरगत नगरपालिकाको सभाहलमा सोमबार बिहानै सुझाव संकलन कार्यक्रम राखिएको थियो । कार्यक्रममा सभासद माधवकुमार नेपाल, बंशिधर मिश्र, रामकुमार भट्टराई सत्यानारायण भगत, मोहम्मद मुस्ताक आलम लगायतको सहभागिता थियो ।

सभा हलमा स्थानीयवासीले पनि छिर्न पाउनुपर्ने माग गरिरहेका बेला सदभावना पार्टीकी सभासद डिम्पल झा र नेता अनिल झाले प्रवेश गर्नेबेलामा सर्वसाधारण समेत प्रवेश गर्न खोजेका थिए । सर्वंसाधारणलाई प्रवेशमा रोक लगाइएपछि झडप सुरु भएको थियो । बाहिर राखिएको माइक पनि असन्तुष्टहरुले तोडफोड गरिदिएका थीए ।

केहीबेरको झडपपछि  हलभित्र प्रहरीको सुरक्षा घेरामा सुझाव संकलन कार्य सुरु गरिएको थीयाे। भित्र सुझाव संकलन कार्यक्रम भइरहँदा बाहिर भने नाराबाजी र विरोध भै रहेकाे थियाे ।मधेशवादी दलका कार्यकर्ताहरुले कार्यक्रमको विरोध गरेपछि केहीबेर झडप पनि भएको थियो । मधेशी दलका कार्यकर्ताहरुले कुर्सी, ढुंगामुढा समेत प्रहार गरेका थिए । नयाँ संविधानको मस्यौदामाथि जनताको सुझाव संकलनका लागि राैतहटका जनप्रतिनिधि समेत रहेका नेपालसहितकाे टाेली गाैर पुगेकाे हाे ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।