0 COMMENTS

काठमाडौं, बैशाख ९ गते०७७ । उदयपुर भुल्के मस्जिदमा रहेका १२ भारतीय सहित एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएसँग त्यस क्षेत्र मा बसोबास गर्ने आठ परिवारका घरमुलीको स्वाब परीक्षणमा कोराना पोजेटिभ पाइएको छ ।
कोशी अञ्चल अस्पताल स्रोतका अनुसार आठ जनामा पहिलो परीक्षणमा पोजेटिभ देखिएकाले स्वाब थप परीक्षण भइरहेको मोरङ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख तथा प्रदेश १ कोभिड सुचना केन्द्रका प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनुभयो । तर स्वाबलाई थप पुष्टिका लागि धरानस्थित बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको उहाँले बताउनुभयो ।
थप आशंकित त्यहाँका आठ घरका मुली भएको र उनीहरुका परिवारका अन्य सदस्यको स्वाब पनि नेपाली सेनाले हिजो संकलन गरी सकेको छ तर त्यसको नतिजा आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।