0 COMMENTS

सुरुङ्गा, २७ चैत०७६/  झापाका १५ स्थानीय तहमा स्थापना गरिएका राहत कोषमा  पाँच करोड भन्दाबढी रकम जम्मा भएको छ । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलका अनुसार कोभिड– १९ रोकथाम, उपचार तथा राहत कोषमा हालसम्म रु पाँच करोड दुई लाख ६० हजार ६१७ जम्मा भएको हो ।

स्थानीय सरकारका तर्फबाट  तीन करोड ९० लाख ९३ हजार जम्मा गरिएको छ भने बाँकी रकम स्थानीय सङ्घसंस्था तथा दाताले स्वेच्छिकरुपमा जम्मा गरेका छन् । वर्तामोड नगरपालिकाले सबैभन्दा धेरै रुपैयाँको कोष स्थापना गरेको छ । विर्तामोडको कोषमा रु ८३ लाख ८६ हजार ६९५ जम्मा भएको छ ।

त्यस्तै दमक नगरपालिकाको कोषमा रु ५७ लाख १० हजार जम्मा भएको छ । कोषमा रु ३० लाख नगरले जम्मा गरेको छ । यता बाह्रदशी गाउँपालिकामा रु ५५ लाख र कनकाई नगरपालिकामा रु ४४ लाख १४ हजार ९२२ रकम जम्मा गरिएको छ । मेची नगरपालिकामा रु ४० लाख ८५ हजार र अर्जुनधारा नगरपालिकामा रु १६ लाख ५१ हजारको कोष खडा भएको छ ।

कचनकवल गाउँपालिकामा रु ३२ लाख ६६ हजार र कमल गाउँपालिकामा रु १९ लाखको कोष खडा गरिएको छ । गौरादह नगरपालिकामा रु ३३ लाख २२ हजार र गौरीगञ्ज गाउँपालिकामा रु ३७ लाखको कोष खडा गरिएको छ । झापा गाउँपालिकामा रु ३५ लाख र बुद्धशान्ति गाउँपालिकामा रु १२ लाख ३२ हजारको कोष स्थापना भएको छ । भद्रपुरमा रु २७ लाख ९३ हजार र शिवसताक्षी नगरपालिकले रु १५ लाखको कोष स्थापना गरेको छ । हल्दिबारी गाउँपाालिकामा रु १९ लाखको कोष स्थापना भएको छ ।

जिल्ला समन्वय समितिले समेत रु ५० लाखको कोभिड– १९ रोकथाम, उपचार तथा राहत कोष स्थापना गरेको र सो कोषमा आठ नगरपालिकाले रु तीन÷तीन लाख तथा सात गाउँपालिकाले रु दुई÷दुई लाख गरी रु ३८ लाख जम्मा गर्न अनुरोध गरे पनि तीनस्थानीय तहबाहेक अन्यले रकम जम्मा नगरेको पोर्तेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।