0 COMMENTS

हामी मानिस सामाजिक प्राणि हाै,हामी समाजबाट छुट्टिएर बस्न सक्दैनौं ।हामी सामाजिक प्राणी भएकाले अरु कसैलाई दु:ख पर्दा अाफैलाई दुखेको महशुस गरि निस्वार्थ भावले सहयाेग गर्ने ब्यक्ति समाजसेवि हुन्छ। तर समाजसेवा जस्ताे पवित्र कुरा अाज दिनदिनै कलंकित हुदैछ। समाजसेवा त फेसन, सामाजिक सञ्जालमा भाईरल हुने चलखेल, भइरहेकाे छ। कहि एक काेसा केरा दिएर पनि भाईरल भएको दृश्य देखियो । समाजसेवाकाे अर्थ हुन्छ निस्वार्थ रुपमा गरिने सेवा,हामी सामाजिक प्राणी हाै समाजसेवा मानवतासंग सम्बन्धित हुन्छ,र मानवताप्रति देखाईने श्रद्धा नै समाजसेवा हाे।

म विभिन्न कार्यक्रममा देख्छु वरिष्ठ समाजसेवि फलानाे भनेर सम्बाेधन गरिन्छ, अरे हामी अाफैमा सामाजिक प्राणि हाै, अनि कसरी बरिष्ट समाजसेवी हुन्छ??,, मैले सृष्टि र समृद्धि नामका दुईअनाथ बालबालिकालाई पढाई खर्च जाेहाे गर्न एउटा कार्यक्रम चलाएकि थिए , जस्लाई देश विदेशमा रहनुहुनेहरुले निस्वार्थ सहयाेग गर्नुभएकाे थियाे, त्यसपश्चात मलाई पनि विभिन्न ठाउमा समाजसेवि भनिन थाल्याे,, म एक खेलाडी पनि भएकाले विभिन्न कार्यक्रममा सम्मान गर्दा खेलाडी तथा समाजसेवी भनिन थाल्याे जुन मलाई पटक्कै मन परेकाे छैन , किनकि मागेर समाज सेवाहुदैन, म विधार्थि भएकाले अाफै सहयोग गर्न सक्दैनथे मैले त सहजिकरण मात्रै गरिदिएकाे हाे र म सञ्चारकर्मी भएकाे हिसाबले उक्त नानिहरुकाे बारेमा थाहापाए, र उनिहरुकाे बारे लेखे  सामाजीक सन्जाल फेस्बुकमा लाईभ गरे अनि केही सहयाेगि मनहरुले सहयाेगहरु पठाऊनुभयाे र मैले हस्तान्तरण गरे , म यहाँ समाजसेवि हुन सक्दिन ।

अहिले काेराेनाले सारा संसार रुवाइरहेकाे बेला संक्रमण नफैलियाेस भनेर सरकारले लकडाउन गरेकाे छ ,र दिनहु ज्याला मजदुरि गरेर खाने परिवारहरुलाई समस्या अाईपरेकाे छ। यतिबेला अाफैले अाफैलाई समाजसेवि भनठान्नेहरु राहत वितरणमा खुब तल्लिन छन्। म उनिहरुलाई प्रश्न गर्न चाहन्छु, कसैलाई सहयाेग गरेकाे देखाउन राहत बाढ्दै फाेटाे भिडियो खिचेर सामाजिक सञ्जालमा हालेर गरिबिकाे मजाक उडाउनु के साच्चिकै समाज सेवा हाे ? असलि समाजसेवि ती हुन् जस्ले सेवाकाे बद्लामा फाईदा लिदैनन् असलि समाजसेविहरु त लुकेका छन् किनकि उनिहरु पत्रकार भेला गरेर फाेटाे भिडियो खिचेर देखाउदै हिड्दैनन, उनिहरु त निस्वार्थ भावले सहयाेग गर्छन् र गुपचुप भएकाछन् ।

पुरै संसारभरि नै समाजसेवाका नाममा विभिन्न संघ संस्थाहरु खाेलिएका छन् र समाजसेवी भनिने हरुपनि मकै उम्रेसरि उम्रिरहेकाछन्। भित्रि अात्मैबाट तन,मन र धनले समाजप्रति भिज्ने समाजसेविहरु परापुर्वकालदेखि नै रास्ट्रका विभुतिका रुपमा पनि कहलिएका छन्। यतिबेला याे विपद्काे घडिमा मेराे देशमा पनि छ्याप्छ्याप्ति समाजसेविहरु देखिन थालेका छन्। एक तरिकाले हेर्दा खुशि लाग्छ, मानवता हराएकाे रहेनछ झै लाग्छ। तर जब जब बास्तविक्ता बुझ्दै जान्छु ती समाजसेविका नामका कलंकहरु देखि घृणा जागेर अाउछ। किनकि हर जाे काेहि समाज सेवामा लागेका छन् किनकि हामी मानिस सामाजिक प्राणि हाै। हर जाे काेहि समाजसेविहरुले सेवा गरेवापत मेवा पाउने अाश पनि गर्दैनन्, कुनै सम्मान खाेज्दैनन, तर सिन्काे नभाच्ने अनि सहयाेग काे नाममा अरुसंग मागेर समाज सेवा गर्ने अनि त्यहिबाट लुट्ने,चर्चित हुनलाई सहयाेग गरेजस्तै गर्नेहरु छन् जाे समाजसेवि हैन कलंक हुन्।यस्ता कलंकित समाजसेविहरु हाे विनति छ, पवित्र नामकाे समाजसेवालाई व्यापार नगरिदेउ , समाजसेवि तिमी अाफुले अाफैलाईहैन अरु द्वारा पुकारिनुपर्दछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।