0 COMMENTS

पाेखरा२६चैत्र०७६/पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा हालसम्म रु तीन करोड ६४ लाख ७१ हजार सङ्कलन भएको छ । लकडाउनका कारण अति विपन्न र दैनिक ज्यालादारी गर्ने मजदूरलगायत जोखिममा परेका व्यक्तिलाई राहत उपलब्ध गराउन महानगरले कोषको स्थापना गरेको हो । महानगरको रु दुई करोड र गण्डकी प्रदेश सरकारतर्फबाट  एक करोड उपलब्ध गराएसँगै महानगरले स्थापना गरेको सो कोषमा विभिन्न सङ्घ, संस्था, व्यक्तिबाट रु १६ लाख ७१ हजार ६१ सहयोग प्राप्त भएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका प्रेस संयोजक माधव बराललाई उक्त कोषको सहयोगार्थ पोखरा–१४ नागमणि टोल निवासी नारायणप्रसाद सापकोटाले रु २२ हजारको चेक हस्तान्तरण गर्नुभएको थियो । कोषमा महानगरका कर्मचारीबाट रु ४८ लाख ५० हजार जम्मा गरी स्थापना गरिएको राहत कोषबाट महानगरले छनोट गरेका लाभग्राहीलाई वडा कार्यालयमार्फत राहत वितरण कार्य शुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।