0 COMMENTS

काठमाडौँ, २६ चैत०७६/लकडाउनको समयमा पनि केही काम नियमित रुपमा भइरहेका छन् । सरकारले गरेको आग्रह अनुसार सामाजिक दूरी कायम गरेर भइरहेका नियमित कामले पनि आशा जगाउने वातावरण तयार पारिरहेको छ ।

यसै क्रममा पुनर्बीमा कम्पनीको साधारण सेयर (आइपीओ) को आज बाँडफाँड भएको छ । कम्पनीको आइपीओमा आवेदन गरेका कूल ३ लाख ९० हजार ६३८ जना आवेदकलाई आज शेयर बाँडफाँड गरेको हो । कम्पनीले केही दिन पहिले रु एक अर्ब ६० करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो । कम्पनीको आइपीओमा ४० कित्ताभन्दा कम आवेदन गरेका सबैलाई माग अनुसार नै शेयर उपलब्ध गराइएको छ । त्यस्तै कूल ५० कित्ताभन्दा बढी आवेदन गर्नेलाई न्यूनतम ४० कित्ता शेयर पाएका छन् । यस्तै कूल ७७ हजार २४५ जनाले थप १० कित्ता शेयर पाएका छन् ।

कम्पनीको शेयरमा कूल २७ हजार ७४८ जनाले १० कित्ताका लागि आवेदन दिएका थिए । यस्तै २० कित्ताको लागि १५ हजार ५९० जना र ३० कित्ताको लागि १२ हजार ७२३ जनाले आवेदन दिएका थिए । कूल ४० कित्ताको लागि २० हजार ९२९ जनाको आवेदन परेको थियो । त्यस्तै ५० कित्तादेखि १० हजारकित्तासम्म आवेदन दिने तीन लाख १३ हजार ६४८ जनामा ७७ हजार २४५ लाई गोलाप्रथाबाट शेयर दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।