0 COMMENTS

काठमाण्डाै२५चैत्र०७६/  कोरना भाइरसबाट बच्न जारी लकडाउनका कारण अस्पतालहरुमा रगतको अभाव भइरहेका बेला स्यवंसेवीरुपमा रक्तदान गर्न थालिएको छ ।
टोखा नगरपालिका वडा नं ८ स्थित मितेरी टोल सुधार समितिले नेपाल रक्तसञ्चार केन्द्र, ताहाचलको सहयोगमा सोमबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् । समितिका अध्यक्ष प्रदीप केशीले विषम परिस्थितिमा विरामीलाई रगतको अभाव नहोस् भनेर टोलटोलमा रक्तदान हुनुपर्ने बताउनुभयो । समितिका सचिव दानप्रसाद अधिकारीले धेरै भीडभाड गर्न नहुने भएकाले पहिलो चरणमा सीमित सङ्ख्यामा कार्यक्रम गरिएको र आवश्यकतानुसार पछि पनि यस्ता कार्यक्रमको निरन्तरता दिइने जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।