0 COMMENTS

काठमाण्डाै२१चैत्र०७६/   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को थप सङ्क्रमित फेला नपरेको जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज कोरोनाबाट थप सङ्क्रमित पुष्टि नभएको जानकारी गराउनुभएको हो ।

उहाँले भन्नुभयो, “भारतबाट आएका एक व्यक्तिमा कोभिड–१९ भएको हल्ला साँचो नभएको भन्दै सत्यता बुझेर मात्रै सामाजिक सञ्जालमार्फत जानकारी गराउन पनि सबैलाई आग्रह गर्नुभयो ।” नेपालमा पहिलो कोरोना सङ्क्रमित व्यक्ति उपचारपछि ठीक भएर घर फर्किसक्नुभएको छ । दोस्रो सङ्क्रमित व्यक्ति काठमाडौँकी १९ वर्षीया युवती हुनुहुन्छ । उहाँ फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्युआर ६५२ जहाजबाट काठमाडौँ आउनुभएको थियो । उहाँमा चैत १० गते कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

त्यस्तै तेस्रो व्यक्ति धादिङ, चौथो धनगढी र पाँचौँ बागलुङका व्यक्तिमा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ । डा देवकोटाले आजसम्म कूल एक हजार एक हजार २७७ मा परीक्षण गरिएको जानकारी दिनुभयो । उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाहेक धनगढी, पोखरा, धरान, हेटौँडा, जनकपुर र सुर्खेतबाट पनि परीक्षण शुरु गरेको पनि बताउनुभयो । यसरी उपत्यका बाहिरबाट परीक्षण कार्य गर्दा आशङ्कामा रहेका धेरैलाई समेट्न सकिने उहाँको भनाइ थियो ।

छैटौँ सङ्क्रमित व्यक्ति बागलुङकी महिला हुनुहुन्छ । उहाँ यही चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएको डा देवकोटाको भनाइ छ । हालसम्म सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

आइसोलेशनमा आजसम्म देशभरिमा १२० उपचारत हुनुहुन्छ । जसमा उपत्यकामा १५ र बाँकी उपत्यका बाहिर उपचारत हुनुहुन्छ । उहाँका अनुसार दुई कल सेन्टरमा तीन हजार ५०२ को सम्बोधन गरिएको छ । त्यसमा धेरैले अस्पतालमा कोरोनाको परीक्षण, पिपिइ खरिदलगायतका विषयमा प्रश्न गरेको उहाँले बताउनुभयो ।

कैलाली र कञ्चनपुरमा ९२ जना क्वारेन्टाइनमा रहेका व्यक्तिको नमूना परीक्षणको क्रममा रहेको पनि मन्त्रालयले जानकारी गराएको छ । मोबाइल एप्समा आजसम्म पाँच हजार ६०० ले समस्या बताएका छन् । त्यसमध्ये १०७ रेड रोनमा रहेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।