0 COMMENTS

बैतडी, १४ चैत । भारतका विभिन्न शहरबाट नेपाल आउन भारतीय सीमा नाका झुलाघाटमा नेपालीको भीड जम्मा भएको छ । दुईसय भन्दा बढी नेपालीहरु झुलाघाटमा दुईदिनदेखि अलपत्र परेका छन् ।

भारतमा काम गर्दै आईरहेको कम्पनी बन्द भएपछि खाने बस्ने व्यवस्था नहुँदा दुईसय भन्दा बढी नेपालीहरु हिँडेरै नेपाल–भारत सीमा नाका झुलाघाट आईपुगेका हुन् । भारतमा कडा लक डाउनका कारण भारततर्फको गेट खुल्न नसक्दा अलपत्र परेका नेपालीहरु बिहीबार साँझसम्म पनि नेपाल आउन सकिरहेका छैनन् ।

भारतका विभिन्न शहरबाट हिँडेरै झुलाघाट पुगेका नेपाली दुईदिनदेखि अलपत्र अवस्थामा सडक र स्थानीय स्कुलको प्राङ्गणमा जम्मा भएर बसेको भारतीय सञ्चारकर्मी जागरण दैनिकका प्रमोद भट्टले जानकारी दिनुभयो ।

भट्टले भन्नुभयो, “दुईसय भन्दा बढी नेपाली दुईदिनदेखि झुलाघाटमा अलपत्र परेका छन् । उनीहरु भारतका विभिन्न सहरबाट हिँडेर झुलाघाट आईपुगेका हुन् ।” यो खबर आजको गोरखापत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।