0 COMMENTS

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलाको प्रत्यारोपणका लागि मिर्गाैला अङ्गदाता उहाँकी भाञ्जी समीक्षा सङ्ग्रौला स्वास्थ्यलाभ गरी आज घर फर्कनुभएको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको आठौँ दिन उहाँको स्वास्थ्यमा सुधारको क्रम भने जारीे छ । उहाँलाई केही दिनमा निवास फर्काइने त्रिवि शिक्षण अस्पतालले जनाएको छ । सङ्ग्रौलाले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे चासो दिनुभए पनि चिकित्सकले अन्य व्यक्तिलाई भेट्न नदिएका कारण सल्लाहकार र चिकित्सक टोलीसँग उहाँको स्वास्थ्यबारे जानकारी लिएर उहाँ घर फर्कनुभएको थियो ।
दाह्री आफैँ काट्नुभयो
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले आज आफैँ आफ्नो दाह्री काट्नुभएको जनाउँदै उहाँको स्वास्थ्यमा थप समस्या आएकाले उपचारका लागि विदेश लैजाने भनेर कतिपय सञ्चारमाध्यमले झुटो समाचार दिएको उल्लेख गर्नुभयो । यही फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।