0 COMMENTS

धनगढी१५पुस०७६/ चिसो बढ्दै गएपछि धनगढी उपमहानगरपालिकाले चार दिनका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको शिक्षा सरोकारवालाको बैठकपछि उपमहानगरपालिका कार्यालयद्वारा जारी सूचनामा अत्यधिक चिसोका कारण विद्यालयका बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावना रहेकाले विद्यालयमा सञ्चालनमा रहेको परीक्षालाई प्रभाव नपर्ने गरी यही पुस १५ देखि १८ सम्म विद्यालय बन्द गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।

झण्डै तीन सातादेखि यस क्षेत्रमा चल्ने गरेको शीतलहरसँगै बढेको चिसोका कारण जनजीवन कष्टकर बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।