0 COMMENTS

काठमाडौं । इसाईहरुको महान पर्ब क्रिसमस नजीक आइरहँदा हर्षोल्लासका साथ यस पर्बलाई मनाउने तरखर गर्दै गर्दा क्रिसमसको ठिक पूर्वसन्ध्यामा आएर चीन सरकारले क्रिसमस पर्ब मनाउन प्रतिबन्ध लगाएको छ । चीनका थुप्रै प्रान्त तथा सहरका प्रशासनले क्रिसमस ‘इभ’ तथा मेरी क्रिसमस आदि कुनैपनि नामवाट यस पर्ब मनाउन चिनिया सरकारले प्रतिबन्ध लगाएका हुन् ।

स्थानीय प्रशासनले सर्वसाधारणलाई क्रिसमस नमनाउन उर्दी जारी गर्दै पसलेहरुलाई क्रिसमससम्बन्धी सान्ताक्लाज , क्रिसमस ट्रि लगायतका कुनैपनि सर सामान बिक्री वितरण नगर्नसमेत निर्देशन दिएका छन् । चीनको हाइनान प्रान्त, राजधानी पेइचिङनजिकैको सहर लाङफाङ, पश्चिमी सहर नान्याङलगायतका दर्जनौं सहरहरुमा यस्तो उर्दी जारी गरिएको जनाइएको छ । कतिपय विश्वविद्यालयमा विद्यार्थीहरुलाई क्रिसमस नमाउने आचारसंहितामा हस्ताक्षर गराइएको पनि जनाइएको छ । केन्द्र सरकारले क्रिसमस नमनाउने विषयमा औपचारिक निर्देशन नदिएपनि चिनियाँ कम्युनिस्ट पार्टीका स्थानीय कमिटीहरुमार्फत् कडा निर्देशन जारी गराइएको बताइएको छ । विदेशी धर्म र साँस्कृतिक अतिक्रमणविरुद्ध लड्ने राष्ट्रपति सी चिनफिङको नीतिको रुपमा यसलाई लिइएको छ । गएको वर्षमात्रै चीनमा हजारौं चर्चहरु डोजर लगाएर ध्वस्त बनाइएको थियो । ९एजेन्सी० काठमाडौं, पुस ८ । इसाईहरुको महान पर्ब क्रिसमस नजीक आइरहँदा हर्षोल्लासका साथ यस पर्बलाई मनाउने तरखर गर्दै गर्दा क्रिसमसको ठिक पूर्वसन्ध्यामा आएर चीन सरकारले क्रिसमस पर्ब मनाउन प्रतिबन्ध लगाएको छ ।

चीनका थुप्रै प्रान्त तथा सहरका प्रशासनले क्रिसमस ‘इभ’ तथा मेरी क्रिसमस आदि कुनैपनि नामवाट यस पर्ब मनाउन चिनिया सरकारले प्रतिबन्ध लगाएका हुन् । स्थानीय प्रशासनले सर्वसाधारणलाई क्रिसमस नमनाउन उर्दी जारी गर्दै पसलेहरुलाई क्रिसमससम्बन्धी सान्ताक्लाज , क्रिसमस ट्रि लगायतका कुनैपनि सर सामान बिक्री वितरण नगर्नसमेत निर्देशन दिएका छन् । चीनको हाइनान प्रान्त, राजधानी पेइचिङनजिकैको सहर लाङफाङ, पश्चिमी सहर नान्याङलगायतका दर्जनौं सहरहरुमा यस्तो उर्दी जारी गरिएको जनाइएको छ । कतिपय विश्वविद्यालयमा विद्यार्थीहरुलाई क्रिसमस नमाउने आचारसंहितामा हस्ताक्षर गराइएको पनि जनाइएको छ । केन्द्र सरकारले क्रिसमस नमनाउने विषयमा औपचारिक निर्देशन नदिएपनि चिनियाँ कम्युनिस्ट पार्टीका स्थानीय कमिटीहरुमार्फत् कडा निर्देशन जारी गराइएको बताइएको छ । विदेशी धर्म र साँस्कृतिक अतिक्रमणविरुद्ध लड्ने राष्ट्रपति सी चिनफिङको नीतिको रुपमा यसलाई लिइएको छ । गएको वर्षमात्रै चीनमा हजारौं चर्चहरु डोजर लगाएर ध्वस्त बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।