0 COMMENTS

पोखरा,मंसिर ९, २०७६– पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्षको घरमा बम विस्फोट भएको छ ।घरमा पार्किङ गरि राखिएको गाडीमा विस्फोट भएको प्रहरीले जानकारी दिएको हो ।

पोखरा महानरपालिका वडा नम्बर ३३ का वडा अध्यक्षा शिव आचार्यको घरमा पार्किङ गरी राखिएको गाडीमा बम विस्फोट गिरएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

अज्ञात समूहले पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा बम विष्फोट गराएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष आचार्य चढ्ने ग २ च ४२६ नं को हाइलक्स गाडीमा आज बिहान २ः४५ बजे बम विष्फोट भएको घटनास्थलमा पुगेका गण्डकी प्रहरी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।